यसरी मुडमा ल्याउन सकिन्छ पार्टनरलाई
राम्रो यौन जीवनका लागि, धेरै कुराहरू बुझ्न महत्वपूर्ण हुन्छ । अनि मात्र यौन जीवनको आनन्द लिन सकिन्छ । जब सेक्सको कुरा आउँछ, रोमान्स पहिले आउँछ । त्यसैले, आउनुहोस् सेक्स गर्नुअघि कसरी रोमान्स बढाउने त ?
पर्याप्त समय दिने
समय एक महत्वपूर्ण कुरा हो । जताततै, समयको आवश्यक देखिन्छ र यौनजीवनमा पनि टाइमिङ निकै महत्वपूर्ण हुन्छ । रोमान्टिक मुड बनाउन समयको आवश्यक पर्दछ । त्यसैले, हतार नर्गनुहोस्, पहिले आफ्नो पार्टनरसँग राम्रो समय बिताउने प्रयास गर्नुहोस् ।
पार्टनरको हात थाम्ने
आफ्नो पार्टनरको हात समात्नुहोस् । यसले मुड सेट गर्न मद्दत गर्दछ, त्यसैले, कुराकानीको क्रममा पार्टनरको हात समात्नुहोस् र रोमान्टिक कुरा गर्नुहोस् । धेरै मानिसहरू ओछयानमा जानेबित्तिकै अचानक काखमा बस्छन् । त्यसो गर्नबाट जोगिनुपर्छ ।
कपाल सुमसुम्याउने
तपाईं आफ्नो पार्टनरको कपालमा सुमसुम्याएर कुरा गर्न सक्नुहुन्छ । यसले पार्टनरलाई राम्रो महसुस गराउँछ । तर, राति अबेरसम्म यसो गर्दा पार्टनरलाई निद्रा लाग्न सक्छ, त्यसैले, यसो गर्नबाट बच्नुहोस् ।
हतार नगर्ने
यदि, दुवै अगाडि बढ्न चाहनुहुन्छ भने, हतार गर्न आवश्यक छैन । सेक्सको लागि हतार गर्नु हुँदैन । तपाईंले तुरुन्तै सेक्स गर्ने प्रयास नगर्नुहोस् । यसो गर्दा मुड बिग्रन सक्छ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?