English

दुई फिटकी गीताको डान्सर बन्ने सपना




स्याङ्जा, वालिङकी गीता भुसाललाई सानैदेखि डान्सर बन्ने मन थियो । उनले काठमाडौंमा आएर केही समय त डान्स सिकिन् पनि । तर त्यो बेला कसैले पनि उनलाई सहयोग गरेनन् । आर्थिक अभाव र शारीरिक अशक्तता नै उनको यो सपना पूरा गर्नका लागि बाधक बन्यो ।

गीताको सपना भनेको राम्रो डान्सर बन्ने र केही गरौँ भन्ने नै हो । उनी अझै पनि डान्समै भविष्य खोज्न चाहन्छिन् । उनले डान्सर बन्नका लागि धेरै संघर्ष गरिन् र अझै प्रयास पनि गरिरहेकी छन् । तर, सफल बन्न भने सकेकी छैनन् ।

‘मलाई सबैभन्दा मनपर्ने कुरा र रहर भनेको डान्सर बन्नु हो, केही सिकेकी पनि थिएँ, म डान्सिङ गर्छु पनि । तर, त्यो बेला आर्थिक अभाव भयो र अहिले पनि त्यही नै हो, साथै शरीरले पनि साथ दिएन,’ उनी भन्छिन् ।

२८ वर्षीया भुषाल होचो कदकी छन् । उनको उचाई २ फिटको हाराहारीमा होला । त्यसैले पनि उनलाई मनले धेरै कुरा गरौँ जस्तो लागे पनि शरीरले साथ दिँदैन ।

२८ वर्षीया भुषाल होचो कदकी छन् । उनको उचाई २ फिटको हाराहारीमा होला । त्यसैले पनि उनलाई मनले धेरै कुरा गरौँ जस्तो लागे पनि शरीरले साथ दिँदैन ।

अहिले उनी काठमाडौंको स्वयम्भू क्षेत्रमा धागोबाट बनेका लकेट, फूल बेच्ने गर्छिन् । स्वयम्भूमा मात्रै होइन, उनी यी सामान बेच्न चक्रपथ र बानेश्वरसम्म पुग्छिन् । अहिले धागोबाट बनाइएका सामानहरू बेच्ने गरेको र बिहान बेलुकाको समयमा बनाउन सिक्ने गरेको उनी बताउँछिन् ।

‘जसोतसो काम गरिरहेकी छु, अहिले यही कपडाका लकेटहरू बेच्ने गर्छु, त्यस्तो गाह्रो पनि छैन र सजिलो पनि,’ उनले भनिन्, ‘दिउँसो यता बेच्यो । बिहान र बेलुका बनायो, चलिरहेको छ ।’

भुषालले काठमाडौंमा आएर यसरी बेच्न थालेको दुई वर्ष बितिसकेको छ । उनी बालाजुमा बस्छिन् र बेच्नका लागि कहिले चक्रपथ, कहिले बानेश्वर र कहिले स्वयम्भू पुग्छिन् । उनको शरीरले साथ नदिने भएकोले आफै बजार आउन सक्दिनन् । उनलाई बालाजुस्थित अपाङ्ग सेवा केन्द्रबाट ल्याउने र पुर्याइदिने व्यवस्था छ । उनी बस्ने पनि त्यही अपाङ्ग सेवा केन्द्रमा नै हो ।

अपाङ्ग सेवामा बनेका यस्ता सामान बेच्ने उनीजस्तै अन्य तीन चार जना पनि छन्, जो फरक फरक स्थानमा बसेर अपाङ्ग सेवा केन्द्रमा बनाइएका सामान बेच्ने गर्दछन् । उनी बालाजुमा बस्न थालेको तीन वर्ष भइसकेको छ । यो अवधिमा उनले धेरै कुरा बनाउन सिकिसकेकी छन् ।

उनले डिएसए नेपालमा बसेर ६ वर्ष पढिन् । कक्षा ४ देखि कक्षा १० सम्म त्यहाँ पढेको उनी बताउँछिन् । एसएलसीपछि भने त्यहाँ बस्न नपाएको र अन्य संस्थाले नलिने भएपछि उनी यस यो सीप सिक्न लागेकी हुन् ।

कसरी पुगिन् बालाजु ?

एकपटक उनी आफ्नो गाउँ वालिङ गएकी थिइन् । त्यही बेला उनलाई चिन्ने एक जनाले बालाजुको लोकेशन दिएको र फोन गरेर त्यहाँ गएको उनी बताउँछिन् ।

यो संस्था तिमीहरूजस्तै शारीरिक अशक्तता भएकाहरूलाई राख्ने संस्था हो, आएर बस्न सक्छौ भनेर छिलिङ म्यामले भनेपछि त्यहाँ आएर केही सिकौँ भनेर बसेकी हूँ, उनी भन्छिन्, ‘यहाँ पढ्न त पाईंदैन । काम सिक्न चाँहि पाइन्छ’ भन्नुभएको थियो ।

उनी काठमाडौं आएको १३ वर्ष भइसकेको छ । यो अवधि ६ वर्ष उनले पढेर बिताइन् भने शुरुका केही वर्ष र पढिसकेपछिको केही वर्ष यत्तिकै बसिन् । उनको घरमा बाबाआमा र दाजुभाई छन् । बाबाआमा खेतीकिसानी गर्नुहुन्छ र दाजुभाई कता कता के के काम गर्नुहुन्छ, उनी भन्छिन् ।

उनलाई गाउँघरमा बस्न भन्दा सहरमै बस्न मन लाग्छ । किनभने उनको शरीरले गाउँमा बस्दा साथ दिँदैन । त्यसैले, पनि उनी सहरमै दुःख गरेर बसिरहेकी छन् । बालाजुबाट यताउति हिँड्दा भने अपाङ्ग स्कुटीको उपयोग गर्छिन् उनी, तर चलाउन सक्दिनन् । त्यहाँकै एकजना दाईले ल्याइदिने गरेको उनी बताउँछिन् ।

एसएलसी पास गरिसकेकी छन् उनले, साथै केही सीप पनि सिकिसकेकी छन् । तर उनलाई अझै पनि एउटा चिन्ताले भने सताइरहन्छ । त्यो हो अब के गर्ने ?

यसरी काम गर्नुपर्ने उनको ड्यूटी समय भनेको बिहान १० बजेबाट साँझ ५ बजेसम्मको हो । अपाङ्ग सेवा केन्द्रमा अहिले २२ जना रहेका छन् । यसैगरी कसैले बनाउने र कसैले बेच्ने गर्छन् । यो बेचेको पैसा उनीहरूले अपाङ्ग सेवा केन्द्रलाई बुझाउँछन् । उनीहरूलाई चाहिने कपडा भने अपाङ्गसेवा केन्द्रले नै उपलब्ध गराइदिने गरेको छ । साथै बनाउने र सिकाउने काम पनि अपाङ्गसेवा केन्द्रले नै गर्छ । दिनमा उनले यस्ता सामान बेचेर हजार रुपैयाँसम्म कमाउँछिन् ।

‘मलाई सकेसम्म त डान्सर नै बन्ने मन थियो, तर अब समय र परिस्थितिअनुसार यो काम गरिरहेकी छु, म डान्स गर्छु भन्ने कुरा घरमा भनेको छैन,’ उनी भन्छिन् ।

एसएलसी पास गरिसकेकी छन् उनले, साथै केही सीप पनि सिकिसकेकी छन् । तर उनलाई अझै पनि एउटा चिन्ताले भने सताइरहन्छ । त्यो हो अब के गर्ने ? किनभने अपाङ्गसेवा केन्द्रमा त उनी सीप सिक्न मात्र बसेकी हुन् । सीप सिकिसकेपछि निस्किनु पर्छ । तर कसरी र कहाँ जाने ? उनलाई यो चिन्ताले दिनरात पिरोल्ने गर्छ ।



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित