चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्रीवाङ यी गत शुक्रबार नेपाल आए । कोरोना महामारीपछि चीनको विदेश भ्रमण पहिलो हो यो । उनी भारत भ्रमण गर्दै नेपाल आएका हुन् । तीनदिने नेपाल भ्रमणमा आएका उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सांकेतिक चाबी हस्तान्तरणदेखि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूसँग पनि भेट गरे । यस्तो रह्यो उनको भेटघाट कार्यक्रम ।
राष्ट्रपति भण्डारीसँग भयो शिष्टाचार भेट
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । नेपाल भ्रमणको अन्तिम दिन आइतबार बिहान शितल निवास पुगी उनले राष्ट्रपतिसँग भेट गरेका हुन् ।
‘भेटवार्तामा राष्ट्रपतिज्यूले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताए,’ राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने समेत उहाँले बताउनुभयो ।’
कोरोना महामारी नियन्त्रण गर्न चीनले गरेको सहयोगप्रति उनले विदेशमन्त्री वाङलाई धन्यवाद दिएकी थिइन् । नेपाल र चीनबीच रहेका सेता हिमाल र पहाडले दुई देशको सम्बन्धलाई नछेक्ने बरु जोड्ने काम गरेको उनले बताएकी थिइन् ।
प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट
तीनदिने नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरुबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो ।
भेटवार्ताकै क्रममा चिनियाँ विदेशमन्त्री वाङले चीनको सहयोगमा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल समापन गरेका थिए, जसको अवलोकन प्रधानमन्त्री देउवाले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि उक्त विमानस्थल प्रधानमन्त्री देउवाको उपस्थितीमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई हस्तान्तरण गरेका थिए ।
नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठकमा नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।
अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट
विदेशमन्त्री वाङ यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरेका छन् । स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा पछिल्लो समयमा खासगरी विआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स)सँग जोडिएर जुन आयोजनाहरु हामीले अघि बढाउन सहमति राखे । यस्तै, नेपालले फाइदा लिनसक्ने सडक, रेल, सिँचाइ, जलविद्युत उत्पादन, नाकाहरू निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरू छिटो अघि बढाउनुपर्ने तथा बन्द नाका खुलाउन आग्रह थियो ।
जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयन तर्फ लैजाने प्रतिवद्धता दोहोर्याएका थिए । उनले ठूलो र सानो राष्ट्रको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले देखाएको समेत बताए ।
प्रचण्डसँग विदेशमन्त्रीको भेटवार्ता
चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता भएको छ ।
भेटमा बिआरआईसँग जोडिएका आयोजनाहरू अघि बढाउन र चीन र नेपाल दुवैले फाइदा लिनसक्ने सडक, रेल, सिँचाइ, जलविद्युत उत्पादन, नाकाहरू निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरू छिटो अघि बढाउनुपर्ने तथा बन्द नाका खुलाउन आग्रह गरेका थिए ।
उच्चस्तरीय राजनीतिक भेटवार्तापछि आइतबार नै चिनियाँ विदेशमन्त्री यी स्वदेश फर्कने कार्यक्रम छ । उनी अफगानिस्तान, भारत हुँदै नेपाल आएका थिए ।
अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् । ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित