महंगियो गोलभेंडा [सूचीसहित]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज चैत ९ गते बुधबार एक किलोग्राम कागतीको मूल्य १९० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ७० रूपैयाँ तोकिएको छ । मंगलबार ६५ रूपैयाँ थियो ।
एक किलोग्राम रातो आलुको मूल्य २६ रूपैयाँ ६० पैसा तोकिएको छ भने सुकेको प्याजको ३६ रूपैयाँ ६० पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३५ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य १३ रूपैयाँ ७६ पैसा, रातो मूला ४३ रूपैयाँ ३३ पैसा, सेतो मूला १७ रूपैयाँ ५० पैसा, भन्टा ६६ रूपैयाँ, मटरकोशा २६ रूपैयाँ तोकिएको छ ।
त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १२५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ ।
यो पनि…
गर्मीमा खानुहोस् यी चीज
दाँत दुखाइबाट बच्ने उपाय
दिनमा कति कपसम्म चिया-कफी पिउने ?
गलत कामको असर
बिहान सबेरै नगर्नुहोस् यी गल्ती
आफूलाई ऊर्जावान् राख्न बिहानको यी बानी बदल्नुहोस्
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात