English

कसरी ब्युँतिएलान् काठमाडौं उपत्यकाका ढुंगेधारा ?

सरकारले घर–घरमा पानी पुर्याए, ढुंगेधाराले पुनर्जिवन पाउँछन्


काठमाडौं उपत्यकाको पानी व्यवस्थापनलाई बुझ्न एकपटक १७ औं शताब्दीमा पुगौं । जतिबेला उपत्यकामा राजकुलो बने । त्यही कुलोमार्फत यहाँ पानी व्यवस्थापन गरियो । विशेषगरी काठमाडौंमा बुढानिलकण्ठ, भक्तपुरमा महादेव खोला र ललितपुरमा शेषनारायणको पानी राजकुलो हुँदै ढुंगेधारामा खसालिन्थ्यो । जसलाई उपत्यकाबासीले उपभोग गर्थे ।

यो त भयो त्यसबेलाको उपत्यकाको तस्विर । तर अहिलेको परिस्थिती फरक छ । पछिल्लो समय ती ढुंगेधारा, कुवा, पोखरी काठमाडौं उपत्यकावासीको दैनिक जीवनबाट बिलुप्त जस्तै भएका छन् ।

किन ?

यसको कारण छ । जमिन दोहनको मारमा परे, राजकुलो । यिनै राजकुलोलाई जग बनाएर कतै आलिसान महल ठडिए । राजकुलोको परम्परागत बाटो र लयलाई भत्काउन थालेपछिको परिणाम हो,काठमाडौंलाई ‘काकाकुल’ को संज्ञा दिन थालिएको । उदाहरण नै छ,ढुंगेधाराकै माथि बनेको ललितपुर महानगरपालिकाको भवन, लैनचौरको ठूलो पोखरीलाई अतिक्रमण गरी बनेको स्काउटको भवन, ठमेलस्थित छायाँ कम्प्लेक्स, त्रिपद्म हाइस्कुल, काठमाडौं महानगरपालिकाको पार्किङ क्षेत्र ।

धरहराको फेदैमा रहेको सुन्धाराका तीनवटै धाराबाट दुई दशकअघिसम्म पानी आउँथ्यो । सुनझै टलक्क टल्किने धाराबाट खसेको कलकल पानीले लाखौंको आँत भिजाउँथ्यो । भित्री काठमाडौं तर, अहिले सुन्धारामा खडेरी लागेको छ । पानी नझरेको वर्षौ बितिसक्यो ।

कुनैबेला काठमाडौंको धोबीचौर आसपासमा १४ वटा ढुंगेधारा थिए । स्थानीयलाई पानीका लागि अन्त धाउन पर्दैनथ्यो । साथै, लुगा धुने पुस्तैनी पेसा धान्दै आएका रजक समुदायका लागि यी धारो यति प्यारा थिए कि जसले जिजिविषा धान्न भरपुर सहयोग गरेको थियो । तर, जब ढुंगेधारामा पानी झर्न छोड्यो त्यसपछि रजक समुदायको लुगा धुने पेसामा बादल लाग्यो । पानीको संकटले जीवनशैलीमै नकारात्मक प्रभाव पर्न थाल्यो ।

धरहराको फेदैमा रहेको सुन्धाराका तीनवटै धाराबाट दुई दशकअघिसम्म पानी आउँथ्यो । सुनझै टलक्क टल्किने धाराबाट खसेको कलकल पानीले लाखौंको आँत भिजाउँथ्यो । भित्री काठमाडौं तर, अहिले सुन्धारामा खडेरी लागेको छ । पानी नझरेको वर्षौ बितिसक्यो ।

एक्काइसौं शताब्दीमा विभिन्न कारणले गर्दा राजकुलो मासियो, अर्को कुरा विकासको क्रममा हाम्रा शासक वर्गले राजकुलोपछि पोखरीमात्र देख्न थाले । किनभने पोखरीसँग प्रशस्त जग्गा हुन्थ्यो । त्यसलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि मास्न थाले ।

सुशिल श्रेष्ठ, अध्यक्ष, ऐतिहासिक ढुंगेधारा तथा पोखरी संरक्षण संघ

यी त उदाहरणमात्र हुन् । काठमाडौं उपत्यकामा परापूर्वकालमा बनेका ढुंगेधारा, पोखरी कति लोप भए भने धेरैजसो तिर्खाइरहेका छन् । ऐतिहासिक ढुंगेधारा तथा पोखरी संरक्षण संघका अध्यक्ष सुशिल श्रेष्ठले २०६७/०६८ मा गरेको एक अध्ययनका अनुसार काठमाडौं उपत्यकामा ३ सय २२ वटा ढुंगेधारा छन् । जसमध्ये काठमाडौंमा १ सय ८०, ललितपुरमा ६०, भक्तपुरमा ८२ वटा ढुंगेधारा रहेको उनले मेरो लाइफस्टाइलसँगको कुराकानीका क्रममा भने,‘मैले अध्ययन गर्दा ललितपुरका अधिकांश ढुंगेधारामा पानी आउँथ्यो तर, काठमाडौंका १५ प्रतिशत र भक्तपुरका ५ प्रतिशत ढुंगेधारामा मात्र पानी झर्थ्यो ।’

ढुंगेधारा सुक्नुको मुल कारण !

काठमाडौं उपत्यकामा मानववस्तीको विकास हुनेक्रममै पूर्वजहरुले पोखरी बनाउन थालेको इतिहास खोतल्छन्, अध्यक्ष श्रेष्ठ । ‘पोखरी प्रदुषण हुन थालेपछि इनारको विकास भएको पाइन्छ,’ उनी इतिहास भन्दै थिए, ‘त्यसपछि ढुंगेधारालाई वैज्ञानिक ढंगबाट विकास गरे, त्यो पनि १५ सय वर्ष अघि ।’

जलवायु परिवर्तनका कारण त्यो बेलामा पनि कहिले धेरै पानी पर्ने र कहिले वर्षौ नपर्ने समस्या भएपछि विशेषगरी काठमाडौं उपत्यकामा पानी व्यवस्थापनका लागि राजकुलोको विकास भएको श्रेष्ठ सुनाउँछन् । ‘एक्काइसौं शताब्दीमा विभिन्न कारणले गर्दा राजकुलो मासियो,’ उनले भने, ‘अर्को कुरा विकासको क्रममा हाम्रा शासक वर्गले राजकुलोपछि पोखरीमात्र देख्न थाले । किनभने पोखरीसँग प्रशस्त जग्गा हुन्थ्यो । त्यसलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि मास्न थाले ।’

पोखरी जलाधारका लागि निकै महत्वपूर्ण पाटो रहेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी तथा जलविद् रामप्रसाद अवस्थी बताउँछन् । ‘पोखरीले जमिनमा पानीलाई रिचार्ज गर्छ भने वर्खायाम पानीको प्रवाहलाई रोक्छ खोलाको बहाब बढ्न दिँदैन,’ उनी भन्छन्, ‘साथै पोखरीको पानीले हाम्रो ढुंगेधारा र इनारलाईसमेत पुर्नभरण गर्थ्यो । त्यसैले अब हामीले भूमिगत जलस्रोतलाई कसरी पुनर्भरण गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्ने बेला आएको छ ।’

पुनर्भरणका लागि पोखरीमा पानी सकिए राजकुलोमार्फत भरिन्थ्यो । उपत्यकामा यसरी चलेको पानीको चक्र राजकुलो मासिएसँगै बिथोलियो र ढुंगेधारा, पोखरीहरु सुख्खा हुन थालेको श्रेष्ठ बताउँछन् । ‘ढुंगेधारा सुक्नुको मूख्य कारण भनेको राजकुलो, पोखरी र खुला ठाउँ मास्नुको परिणाम हो’ श्रेष्ठको ठम्याइ छ ।

सरकारले मेलम्चीलाई समयमै पुननिर्माण गरी घर–घरमा पानी पठाउने हो भने काठमाडौंका १५ देखि २० प्रतिशत, ललितपुरका ९० प्रतिशत र भक्तपुरका पनि अधिकांश ढुंगेधारामा पानी खस्ने श्रेष्ठको दाबी छ ।

पर्याप्त पानी वितरणमा सरकार असफल

उपत्यकामा दैनिक ४० करोड लिटर पानीको आवश्यकता पर्छ । जसमध्ये ९ करोड लिटर पानी मात्र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वितरण गर्दै आएको छ । यो बाहेक जमिन भित्रको पानीमा उपत्यकाबासी निर्भर छन् । सरकारले पर्याप्त पानी वितरण गर्न नसक्दा पानीको सतह गहिरिँदै गएको संघका अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘३० वर्षअघिसम्म काठमाडौं उपत्यकामा जमिनको १८ देखि २४ फिट सतहमै पानी थियो,’ उनी ढुंगेधारा सुक्नुको मुल कारण खोज्दै थिए, ‘ढुंगेधाराले ८ फिटसम्मको पानी संकलन गर्छ । तर, हामीले ४०–५० फिटसम्म इनार खन्न थाल्दा पानीको सतहपनि भासिँदै गयो ।’

त्यसैले सरकारले काठमाडौं उपत्यकाको घर–घरमा पानी पुर्याउने हो भने जमिनमा पानीको सतह माथि आउँछ र ढुंगेधाराले पुनर्जिवन पाउने उनको दाबी छ । ‘मैले १५ वर्ष अघि नै सरकारले उपत्यकाबासीको घर–घरमा पानी दिने हो भने हाम्रा ढुंगेधाराहरु ब्युँतिन्छन् भनेको थिएँ, त्यतिबेला मेरो कुरा कसैले पत्याएनन्,’ उनले पुष्टि गर्दै भने, ‘गतवर्ष मेलम्चीको पानी आयो केहीदिनमा ललितपुरमा पानी पठाइयो । त्यसको ३–४ दिनमै ललितपुरका अधिकांश ढुंगेधारा ब्युँतिएका थिए ।’

रामप्रसाद अवस्थी,सूचना अधिकारी, जल तथा मौसम विज्ञान विभाग, जलविद्

जलवायु परिवर्तनको असरले तापक्रमको वृद्धि भइरहेको छ, जसले सुख्खापन बढ्यो, यसको असर पानीका स्रोतमा देखियो तर यस विषयमा गहिरो अध्ययन भने भएको छैन ।

सरकारले मेलम्चीलाई समयमै पुननिर्माण गरी घर–घरमा पानी पठाउने हो भने काठमाडौंका १५ देखि २० प्रतिशत, ललितपुरका ९० प्रतिशत र भक्तपुरका पनि अधिकांश ढुंगेधारामा पानी खस्ने श्रेष्ठको दाबी छ ।

जलवायू परिवर्तनको असर !

जलविद् अवस्थी उपत्यकाका जलाधार सुक्नुको अर्को कारण जलवायू परिवर्तन रहेको बताउँछन् । ‘जलवायु परिवर्तनको असरले तापक्रमको वृद्धि भइरहेको छ, जसले सुख्खापन बढ्यो,’ उनले भने, ‘यसको असर पानीका स्रोतमा देखियो तर यस विषयमा गहिरो अध्ययन भने भएको छैन ।’

त्यसैले हिजोका जलाधारलाई ब्युँताउने हो भने मुहानको संरक्षण गर्न जरुरी रहेको उनी सुनाउँछन् । ‘त्यसका लागि वृक्षारोपण पहिलो नम्बरमा आउँछ,’ उनी भन्दै थिए, ‘घर बनाउने क्रममा इनार खन्ने बेलामा पानीको पुर्नभरण कसरी गर्ने भन्ने तर्फ पनि सोच्नुपर्यो ।’

यो पनि
करिश्माले किन रोजिन् एमाले ?
आवश्यक छ स्वास्थ्य सेवा सुदृढ परियोजना



सम्बन्धित खबरहरु

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली