English

सजिलै बच्चालाई सुताउने उपाय



बच्चा राति राम्रोसँग नसुत्दा आमाबाबुलाई समस्या हुन्छ । तपाईंको बच्चा किन रातमा ब्यूँझन्छ वा ऊ कसरी रातभर जागा रहन्छ भन्ने धेरै कारणहरू हुन सक्छन् । जब बच्चाहरू प्रायः दूध पिउनको लागि मध्यरातमा उठ्छन्, तिनीहरू आफ्नो आश्वासन र आरामको लागि धेरै रुने पनि सक्छन् । जुन बालबालिकाको फोक्सोका लागि हानिकारक हुनसक्छ ।

यसैले बच्चाहरूलाई उचित निद्राको बानीहरू विकास गर्न धेरै महत्त्वपूर्ण छ । जसले तिनीहरूलाई रातभर राम्रोसँग सुत्न मद्दत गर्दछ । त्यसोभए यदि तपाईं पनि आफ्नो बच्चालाई रातमा सुत्न धेरै संघर्ष गर्दै हुनुहुन्छ भने यी ५ सुझावहरू तपाईंको बच्चालाई राम्रोसँग निदाउन मद्दत गर्न सक्छ ।

मसाज
बच्चाको लागि एक सरल र दीगो सुत्ने समयको दिनचर्या सुनिश्चित गर्नुपर्छ । आफ्नो बच्चालाई शान्तपूर्वक निदाउनको लागि साँझ मनतातो पानीले नुहाउन पनि सक्नुहुन्छ । सुत्नुअघि बच्चालाई मसाज गर्नु पनि धेरै फाइदाजनक हुन्छ, यसले उनीहरूलाई राम्रोसँग सुत्न मद्दत गर्छ ।

आरामदायक लुगा लगाउनुहोस्
बच्चाहरूलाई सधैं आरामदायक लुगा लगाएर सुताउनुपर्छ । कहिलेकाहीँ बच्चाहरू किन सुतिरहेका छैनन् चासो राख्नुपर्छ । तर यसको कारण उनीहरूको असहज कपडा पनि हुन सक्छ । तिनीहरूको लुगा टाइट भएको वा ती कपडाहरूमा धेरै तातो भएको हुनसक्छ । त्यसैले सुरुदेखि नै बालबालिकालाई सहज लुगा लगाएर सुताउने बानी बसाल्नुहोस् । त्यस्ता कपडाहरू सुत्नका लागि उपयुक्त हुन्छन् ।

सुत्ने समय अघि बच्चालाई खुवाउनुहोस्
हरेक रात सुत्नुअघि आफ्नो बच्चालाई पेट भरेर खुवाउनुहोस् ताकि तपाईंको बच्चा भोकको कारण राती नब्युझून् । यसले तपाईंको बच्चालाई मध्यरातमा ब्यूँझने र भोकले रुने सम्भावनालाई कम गर्न सक्छ र तपाईंको बच्चाले रातभर आरामदायी निद्रा पाउन सक्नेछ ।

वातावरण
सुत्नको लागि अनुकूल वातावरण हुनु पनि महत्त्वपूर्ण छ । बच्चालाई सुताउनुअघि कोठा अँध्यारो छ भनी सुनिश्चित गर्नुहोस् । किनभने निद्रासँग सम्बन्धित हर्मोनहरू अँध्यारोमा सक्रिय हुन्छन् । यी हर्मोनले राम्रो निद्रामा मद्दत गर्छ । कोठाको झ्यालका पर्दाहरू फैलाउन सुनिश्चित गर्नुहोस् र सम्भव भएमा ढोका पनि बन्द गर्नुहोस् । ताकि बच्चाले निर्बाध निन्द्रा पाउन सकून् । न्यानो बत्तीले पनि बच्चालाई राम्रोसँग सुत्न मद्दत गर्छ ।

बच्चाहरूलाई मनोरञ्न गराउनुहोस्
बालबालिकालाई कथा सुन्न मन पर्छ । आफ्ना बच्चाहरूलाई राती मनोरञ्जन गर्नको लागि कथा वा गीत सुनाउनुहोस् । जसले गर्दा अभिभावकसँग सन्तानको सम्बन्ध पनि गाढा हुन्छ र बालबालिकामा आत्मविश्वास पनि बढ्छ । गहिरो निद्राको लागि तपाईं बेडरूममा हल्का वाद्य संगीत पनि बजाउन सक्नुहुन्छ, जसले बच्चाको दिमागलाई शान्ति दिन्छ र निद्रा छिट्टै आउँछ ।

यो पनि…
सम्भोगका बेला महिलाहरूले आँखा चिम्लिनुको कारण यस्तो

पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।