पुराना यी चिजबाट बनाउन सकिन्छ आकर्षक कुशन
कुशनले घरको बैठक कोठा आकर्षक बनाउँछ । साथै बैठक कोठालाई फरक लुक्स पनि दिन्छ । कुशनलाई तपाई आफैँ पनि तयार गर्न सक्नुहुन्छ । र यसलाई तयार गर्न धेरै सजिलो छ । आउनुहोस् जानौं ।
पुराना सर्टको प्रयोग
घरमा राखिएको पुराना प्लेन वा चेक सर्ट लिएर कुशन कभर तयार गर्न सक्नुहुन्छ । शर्टको बनावटले कुशनलाई फरक लुक्स दिन्छ । कुशन कभर घरमै बिना कुनै शुल्कमा बनाउन सकिन्छ ।
टेक्स्ट कवर
सेतो कपडामा कालो मार्कर पेनले आफूलाई मनपर्ने चित्र वा केही लेख्नुहोस् । यसले कुशनलाई एक फरक र आकर्षक लुक्स दिन्छ र यसलाई सोफामा सजाउनुहोस् ।
पट्टि पेन्टिङ कवर
रोरल ब्रस, कपडा र पेन्टको प्रयोग गरेर सेतो कपडामाथि पेन्ट गर्न सक्नुहुन्छ । कुनै पनि रंग सँग एक पट्टि बनाएर कभरलाई सुन्दर आवरण बनाउन सक्नुहुन्छ । यसले कुशनका साथै बैठक कोठालाई नयाँ लुक्स मिल्छ ।
यो पनि…
यी कुराले बनाउँछ घरलाई फोहोर
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक