गर्मीमा पंखाको विकल्प के हुन सक्छ ?
चैत महिना लागेपछि न्याना कपडाहरू थन्क्याइएका छन् । पातला कपडा प्रयोग गर्न थालिएको छ । मानिसहरूले घरमा फ्यान (पंखा) सफा गर्न थालेका छन् भने धेरैले स्वास्थ्य बिग्रने डरले पंखाबाट टाढै बसेका छन् । यस्तो मौसममा न त धेरै चिसो हुन्छ न धेरै तातो ।
कतिपय मानिसहरू पंखा लगाएर सुत्ने गर्छन् । पंखा चलाएर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हो कि हानीकारक भन्ने बहसकै विषय बनिरहेको छ । यदि तपाईं गर्मी मौसममा पनि पंखाको हावामा सुत्नबाट बच्न चाहनुहुन्छ भने केही अन्य विकल्पहरू प्रयोग गर्न सक्नुहुन्छ ।
१.राति सुत्दा कपासको ओछ्यानमा सुत्ने र हल्का सुती कपडा लगाउने ।
२.कोठालाई चिसो राख्ने बिरुवाहरू कोठामा एर्का पाम ट्री वा एलोभेरा (घिउकुमारी) आदि रोप्न सकिन्छ ।
३. दिनको समयमा कोठाको ढोका खुला छोड्नुहोस् ताकि हावाको क्रस भेन्टिलेशन राम्रो होस् ।
४.कोठामा कपासको पर्दा लगाउनुहोस् र दिउँसो तातोभित्र आउन नदिन बाहिर कालो पर्दा प्रयोग गर्नुहोस् ।
५.कूलिङ गद्दा किन्नुहोस् र शरीरलाई हाइड्रेटेड राख्नुहोस् ताकि तपाईंले कम गर्मी महसुस गर्नुहुन्छ ।
यो पनि…
बेलुकाको खानापछि फलफूल खाँदा हुने बेफाइदाहरू
यी समस्याहरूमा ल्वाङ्गले दिन्छ आराम