यौन शक्ति बढाउन यसो गर्नुहोस्
कतिपय मानिसहरू यौन शक्ति बढाउन औषधिको सेवन गर्ने गर्छन् । बजारमा पाइने केही यस्ता औषधि छन्, जसकोे सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यौनशक्ति बढाउन बजारका औषधिभन्दा घरेलु उपाय राम्रो मानिन्छ ।
यस्ता छन् घरेलु उपाय
– नियमित किसमिस र ओखर सेवन गरेमा यौनशक्ति बढ्छ । साथै, गाँजरमा भिटामिन ‘ए’को मात्रा अत्यधिक हुने भएकाले यसको सेवनले पनि यौनशक्तिलाई वृद्धि गराउँछ ।
– भिन्डीमा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले यौनशक्ति बढाउन सहयोग गर्छ । नियमितरूपमा योगा वा फिजिकल व्यायाम गरेमा पनि यौन क्षमता बढ्छ ।
– दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सुत्नुभन्दा अघि सेवन गरेमा यौनको इच्छा बढाउन सहयोग हुन्छ । र महमा पनि कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ ।
– मसलाको प्रयोगबाट यौनशक्ति क्षमता बढाउने गरेको पाइएको छ । इलायची, ल्वाङ्ग, दालचिनी र कालो मरिचजस्ता मसलाको सन्तुलित सेवनले यौन शक्ति बढ्न सहयोग गर्छ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?