आज तरकारीको मूल्य कति ? [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज चैत १ गते मंगलबार एक किलोग्राम कागतीको मूल्य १९० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ६१ रूपैयाँ तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २५ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ४५ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २२ रूपैयाँ ५० पैसा तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य १७ रूपैयाँ, रातो मूला ४५ रूपैयाँ, सेतो मूला १२ रूपैयाँ ५० पैसा, भन्टा ९० रूपैयाँ, मटरकोशा ४५ रूपैयाँ तोकिएको छ ।
त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १२५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २१० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ ।
यो पनि…
वित्तीय साक्षरता अभिवृद्धि गराउन कृषि कर्जा मेला आयोजना गरिने
अन्तर्राष्ट्रिय उडानका लागि तयार छ, गौतमबुद्ध विमानस्थल