English

यसो गरे बेडरुम मात्र हैन घरै सुन्दर देखिन्छ



हामीले हाम्रो सुत्ने कोठामा सबैभन्दा बढी आराम पाउँछौँ र कोठाको सजावट पनि आफँैले गर्ने हो भने अझ राम्रो महसुस हुन्छ । तर, कम बजेटमा पनि आफ्नो बेडरुमको लुक्स यसरी परिवर्तन गर्न सक्नुहुन्छ ।

सम्झनाका तस्वीरहरू

आफ्नो ओछयान पछाडि वा टेबलको माथि एउटा बोर्ड राख्नुहोस् जसमा तपाईंले तस्वीरहरू राख्न सक्नुहुन्छ । तिनीहरुलाई विभिन्न साइजमा काटेर रंगले सजाई गरी बोर्डलाई तयार गर्न सकिन्छ ।

लाल्टिनको प्रयोग

यसले कोठालाई सुन्दर लुक्स दिन्छ । साथै, रातमा यसको प्रकाशले कोठालाई उज्यालो र सुन्दर बनाउँछ ।

भित्तामा प्रेरणादायी कुरा

कोठाको भित्तालाई नयाँ रूप दिनको लागि आफुलाई मनपर्ने लेख वा प्रेरणादायी कुराहरू पनि लेख्न सक्नुहुृन्छ । यसले कोठाको लुक्स र मुड दुवैलाई सुधार गर्छ ।

बोतलको पुन–प्रयोग

यदि, घरमा खालि बोतलहरू छन् भने त्यसलाई कोठाको सजावटमा प्रयोग गर्न सकिन्छ् । बोतललाई रंगीन पारदर्शी कागजले छोपेर बोतलभित्र बत्ती लगाई कोठाको छतमा झुन्ड्याउनुहोस् । यसो गर्दा कोठा थप सुन्दर देखिनेछ ।

उपहार बक्स

उपहार बक्सलाई भित्तामा सजाउन सक्नुहुन्छ । यसलाई आफ्ना स–साना चिजहरूलाई राख्नका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्दा सामान हराउने छैन र बेडरुमको सजावटमा पनि नयाँ लुक्स दिनेछ ।

फेयरीलाइट

यी बत्तीहरूलाई धेरै तरिकाबाट प्रयोग गर्न सकिन्छ । ओछ्यानको पछाडि होेस् वा झुन्डिएको होस्, जस्तोसुकै कोठामा पनि सजाउन सक्नुहुन्छ ।

यो पनि…
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक