English

सुजुकी नारायणीले ल्यायो ‘मेगा होली एक्सचेन्ज अफर’



सुजुकी गाडीका लागि मेगा होली एक्सचेन्ज अफर सञ्चालनमा आएको छ । ललितपुरको बालकुमारीस्थित सुजुकीको आधिकारिक डिलर नारायणी अटो विजनेसले शुक्रबारबाट उक्त अफर सञ्चालन ल्याएको हो ।

आफ्नै पहलमा यो अफर ग्राहकलाई दिन लागिएको विजनेसका प्रबन्ध निर्देशक अनुपकुमार बरालले जानकारी दिए । ‘हामीले आफ्नै पहलमा यो अफर ल्याएका हौँ । यतिबेला अटो मोबाइल क्षेत्र अप्ठेरो परिस्थितिमा गुज्रिरहेको छ,’ उनले भने, ‘बैंकहरूले पनि फाइनान्स सुविधा सहजै दिन नमानिरहेको अवस्थामा ग्राहकको चाहनालाई मध्यनजर गर्दै यो सुविधा ल्याएका हौँ ।’

बिजनेसले एक्सचेन्ज बोनस दिने घोषणा पनि गरेको छ । गाडीको मोडलअनुसार ७० हजारसम्म एक्सचेन्ज बोनस दिइने बरालले प्रस्ट पारे । ‘योबाहेक पनि अन्य छुट पनि दिनेछौँ,’ उनले भने, ‘ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो चाहना हुनेछ ।’

चैत ४ गतेसम्म सञ्चालन हुने उक्त एक्सचेन्ज अफरमा ग्राहकले गाडी एक्सचेन्ज गरी नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजार रुपैयाँसम्मको अतिरिक्त छुटसमेत प्राप्त गर्ने विजनेसका सेल्स हेड प्रज्ज्वल घिमिरेले जानकारी दिए ।

नारायणी अटो बिजनेसले विगत १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको छ ।

यो पनि…
अटोमोबाइल: आत्मनिर्भर बनाउने व्यवस्थित तुल्याउने (भिडियोसहित)
सबै गाडी एकैठाउँ भेला, सुरु हुँदै अटो कुम्भमेला



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested