नियमित सेक्सको फाइदा : तन्दुरुस्तदेखि तनाव नियन्त्रणसम्म
यौन विशेषज्ञहरूका अनुसार नियमित यौनसम्पर्क नगर्दा शरीरमा विभिन्न मानसिक र शारीरिक समस्या देखा पर्न थाल्छ । मानिसको यौन व्यवहार उसको स्वास्थ्यसँग जोडिएको हुन्छ ।
यौनसम्पर्कलाई इन्कार गर्नु आफ्नै स्वास्थ्यसँग खेलबाड गर्नु भएको चिकित्सकहरू बताउँछन् ।
नियमित सेक्स नगर्दा देखिने स्वास्थ्य समस्याहरू
रोग प्रतिरोधी क्षमतामा कमजोर
सातामा कम्तिमा दुईपटक यौनसम्पर्क गर्दा उसको रोग प्रतिरोधक क्षमता ठीक रहन्छ । किनकि, यसले आईजीएको लेभल बढछ ।
तनाव नियन्त्रण
नियमित यौनसम्पर्क नगर्दा देखिने पहिलो समस्या भनेको तनाव हो । यस्तो अवस्थामा सानो सानो कुराले पनि तनाव दिने विशेषज्ञहरूले बताएका छन् ।
किनभने यौनसम्पर्क गर्दा एडोर्फिन हर्मोन अर्थात् आनन्द दिने हर्मोन निस्कासन हुन्छ, जसले तनावलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
मुड फ्रेस
नियमित यौनसम्पर्क नहुँदा पुुरुषको साथै महिलाहरूमा पनि डिप्रेसन देखिन्छ । मेलाटोलिन, सेरोटोनिन र अक्सिटोसिन जस्ता हर्मोनहरू पुरुषको वीर्यमा रहन्छ जो यौनसम्पर्क गर्दा महिलामा पुग्छ र महिलाको ताजा मुड बनाउन मद्दत गर्छ ।
तन्दुरुस्त
शरीरलाई तन्दुरुस्त राख्नका लागि यौनसम्पर्क अत्यावश्यक हुन्छ । सेक्स गर्दा प्रतिमिनेट पाँच क्यालोरी बर्न हुन्छ । साथै, शरीरका विभिन्न माशंपेसीको उपयोग हुन्छ । जसले गर्दा तन्दुरुस्तका लागि सेक्स महत्वपूर्ण हुन्छ ।
यो पनि…
यस्ता काम गरे परिन्छ सरकारी कारबाहीमा
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा ३० बढी राष्ट्र सहभागी