English

जलिरह्यो अस्पताल, चलिरह्यो अप्रेशन !



रुसको अस्पतालमा शुक्रवार अचानक आगो लाग्यो । दमकलकर्मीलाई यो निभाउन करिव दुई घण्टाको समय लागेको थियो । तर यसमा सबैभन्दा ठूलो कुरा र महत्वपूर्ण विषय आगो बनेन ।

अप्रेशन थिएटरमा एक बिरामीको ओपन हार्ट सर्जरी भइरहेको थियो । यसलाई डाक्टरले अधुरो छोडेनन् । उनीहरुले यो अप्रेशन पूरा गरेरै छोडे । आफ्नो ज्यान जोखिममा राखेर बिरामीलाई बचाए । घटना रुसको सुदूरपूर्व ब्लागोवेश्चेन्स्क शहरको हो ।

दमकलकर्मीहरुका अनुसार जब यो जानकारी आयो कि, अप्रेशन थिएटरमा बिरामीको सर्जरी चलिरहेको छ, तब उनीहरुले आफ्नो तर्फबाट सबै काम छिटो गरे । अप्रेशन थिएटरमा धुवाँ नजाओस् भनेर पंखा चलाइएको थियो । आगोले तार जलाइसकेको थियो ।

पंखा चलाउनको लागि अर्को स्थानबाट बिजुलीको प्रबन्ध मिलाइयो । अन्य टिम आगो निभाउन लागे । दोश्रो तर्फ आठ डाक्टर र नर्सको टिम अप्रेशन पूरा गर्न लागे ।



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

Latest










Popular
Suggested