English

मिर्गौला महादान !

मिर्गौलामा समस्या आए हाउगुजी नबनाऔँ


मिर्गौला । शरीरको एक महत्वपूर्ण अंग । तर, यसको खराबीका कारण धेरैले अकालमा ज्यान गुमाए, कोही उपचाररत छन् । साथै, मिर्गौला प्रत्यारोपण गरी धेरैले जीवनमा खुसी फर्काएका छन् । तिनै मध्येका एक हुन्– झापाका सुनील ढुंगाना ।

२०७७ माघको कुरा हो । उनी झापाको सुनमाईमा स्विङ्ग बनाउँदै थिए । त्यसैबेला उनको देब्रे खुट्टा बेस्सरी दुख्यो । त्यसपछि चेकअपका लागि काठमाडौं आए । निदान अस्पतालमा मिर्गौला रोग विशेषज्ञ डा. अनिल बराललाई देखाए । रक्तपरीक्षण भयो । रगतको रिपोर्टले मिर्गौला पूरै ड्यामेज भइसकेको बतायो । अनि डा. बरालले उनलाई दुईवटा सुझावसहितको विकल्प दिए । कि डाइलोसिस, कि प्रत्यारोपण । डाक्टरका कुराले उनी विचलित भएनन्, बरु हिम्मत बढाए । ‘यसलाई शरीरमा लागेको सामान्य चोट हो भन्ने सम्झिएँ,’ उनी सुनाउँदै थिए, ‘ठीक हुन्छ भन्नेमा भरोसा राखेँ चिन्ता लिइनँ ।’

अस्पतालबाट घर जानेबेलामा बेडबाट एम्बुलेन्ससम्म हिँडेरै गएँ त्यो देखेर डाक्टरहरू नै छक्क पर्नुभएको थियो, मानसिक रूपमा सबल भइयो भने जस्तोसुकै रोगसँग लड्ने शक्ति आउँदो रहेछ ।

डाक्टरको सल्लाह लिएर उनी घर फर्किए । प्रत्यारोपणका लागि ६२ वर्षीया आमा (गीता खतिवडा) ले मिर्गौला दिन तयार भइन् । त्यसपछि प्रक्रियामा लागे । आमाको पूर्ण शरीर जाँच गराए । सबै रिपोर्ट ठीक आयो । त्यसपछि, नाता प्रमाणित गराउनतर्फ लागे । त्यसका लागि आमाको माइती, वडा र जिल्ला प्रशासनको स्वीकृति चाहिने भएकाले धेरै दिन लाग्यो । सबै प्रक्रिया पूरा गरी फागुन ५ मा आमाको मिर्गौला झिकेर उनको शरीरमा प्रत्यारोपण सफल भयो ।

मिर्गौला प्रत्यारोपण गरेको एक महिनासम्म हलचल नै गर्न सकिँदैन, झनै कमजोर भइन्छ भन्ने सुनेका थिए । तर, पाँच दिनमै हिँड्न सक्ने भएको उनी सुनाउँछन् । ‘अस्पतालबाट घर जानेबेलामा बेडबाट एम्बुलेन्ससम्म हिँडेरै गएँ त्यो देखेर डाक्टरहरू नै छक्क पर्नुभएको थियो,’ उनी मिर्गौला प्रत्यारोपणका कुरा सुनाउँदै थिए, ‘मानसिक रूपमा सबल भइयो भने जस्तोसुकै रोगसँग लड्ने शक्ति आउँदो रहेछ ।’

सरकारी अस्पतालमै प्रत्यारोपण गर्ने सोचमा थिएँ तर, सबै मिलिसक्दा पनि पालो ७ महिनापछि आयो, ७ महिनासम्म कुरेको भए मेरो ज्यान नरहन पनि सक्थ्यो त्यसैले निजी अस्पतालमै प्रत्यारोपण गर्न बाध्य भएँ ।

निदान अस्पतालमा प्रत्यारोपण गर्दा ३० लाख रुपियाँ खर्च भएको उनी सुनाउँछन् । ‘सरकारी अस्पतालमै प्रत्यारोपण गर्ने सोचमा थिएँ तर, सबै मिलिसक्दा पनि पालो ७ महिनापछि आयो,’ सरकारी अस्पतालप्रति आक्रोशित सुनिए, ‘७ महिनासम्म कुरेको भए मेरो ज्यान नरहन पनि सक्थ्यो त्यसैले निजी अस्पतालमै प्रत्यारोपण गर्न बाध्य भएँ ।’

अहिले उनी पर्यटन व्यवसायमा सक्रिय छन् । स्विङलाई दशैँको घटस्थापनाको दिनदेखि सञ्चालनमा ल्याइसकेका छन् । साथै, अन्य साहसिक खेल पनि थप्दै छन् । मिर्गौला प्रत्यारोपण गरे पनि उनको सक्रियता पहिले जस्तै छ । त्यसो त उनी भन्छन्, ‘मिर्गौला प्रत्यारोपण पनि एउटा सामान्य अप्रेसन जस्तै हो आत्तिनु पर्दैन ।’

प्रत्यारोपणपछि पहिलेको जस्तै स्कुल, कलेज पढाइरहेको छु, अन्य नियमित काम गर्न पनि कुनै बाधा पुगेको छैन ।

सुनीलजस्तै मिर्गौला प्रत्यारोपणपश्चात् सक्रिय जीवन बिताइरहेका छन्– दिलिप बराल । उनी पेसाले शिक्षक हुन् । उनको करिब दुई वर्षअघि दुवै मिर्गौलाले काम गर्न छोडे । झापास्थित कन्काई अस्पतालका चिकित्सकको मुखबाट मिर्गौला फेल भएको सुन्दा छाँगाबाट खसेजस्तो भए, बराल ।

उनलाई पनि चिकित्सकले प्रत्यारोपण कि डाइलोसिसको सुझाव दिए । एक वर्ष डाइलोसिस गरे । डाइलोसिस गरेर मात्र राम्रो नहुने भएपछि श्रीमती दिना बराल पतिका लागि मिर्गौला दिन तयार भइन् । उनको एक वर्षअघि मिर्गौला प्रत्यारोपण भयो । यतिबेला बराल शिक्षण कर्ममा फर्किसकेका छन् । जीवनलाई पुरानै लयमा डोर्याइरहेका छन् ।

एउटा मृर्गौलाले पनि मानिस स्वस्थ जीवन बिताउन सक्दो रहेछ, अंग दिँदा हामीलाई खासै फरक पर्दैन । शुरुमा डर लागेको थियो तर डर नमानी अंग दिँदा कुनै कमजोर महशुस नहुँदो रहेछ ।

नियमित डाइलोसिस गर्नेभन्दा पनि मिलेसम्म मृर्गौला प्रत्यारोपण गर्ने व्यक्तिहरू शारीरिक रूपमा धेरै स्वस्थ हुने बरालको अनुभव छ । ‘प्रत्यारोपणपछि पहिलेको जस्तै स्कुल, कलेज पढाइरहेको छु,’ उनले भने, ‘अन्य नियमित काम गर्न पनि कुनै बाधा पुगेको छैन ।’ मृर्गौला दान गरेपछि मान्छे कमजोर हुन्छ भन्ने सोचलाई दिनाले पनि चुनौती दिएकी छन् । उनले १ वर्षअघि श्रीमान् दिलिपलाई आफ्नो एउटा मृगौला दान गरेकी थिइन् ।

पहिले मृगौला दिनुभन्दा अघि के होला भनेर थोरै डर लागेको थियो तर, मृर्गौला दिइसकेपछि त्यस्तो कुनै महशुस नभएको उनी बताउँछिन् । ‘एउटा मृर्गौलाले पनि मानिस स्वस्थ जीवन बिताउन सक्दो रहेछ,’ उनी भन्छिन् ‘अंग दिँदा हामीलाई खासै फरक पर्दैन । शुरुमा डर लागेको थियो तर डर नमानी अंग दिँदा कुनै कमजोर महशुस नहुँदो रहेछ ।’

एउटा मृर्गौलाले पनि स्वस्थ जीवन बिताउन सकिने रहेछ, पहिला मेरो दैनिकी जस्तो थियो अहिले पनि उस्तै छ । एउटा मिर्गौला दान गर्दा अर्को ज्यान बचाउन सकिन्छ भने किन नगर्ने ?

भक्तपुरकी कमला लम्सालले पनि मृर्गौला दान गरेको चार वर्ष बित्यो । यो चार वर्षको अवधिमा आफूलाई कुनै पनि स्वास्थ्य समस्या नआएको उनी सुनाउँछिन् । ‘एउटा मृर्गौलाले पनि स्वस्थ जीवन बिताउन सकिने रहेछ,’ उनी भन्छिन्, ‘पहिला मेरो दैनिकी जस्तो थियो अहिले पनि उस्तै छ ।’ उनले छोरी रिना लम्साललाई मिर्गौला दिएकी थिइन् । छोरी रिना अहिले सहकारीमा काम गर्छिन् । ‘शुुरुमा छोरीको मृर्गौला फेल भयो भन्ने कुरा थाहा पाउँदा धेरै दुःख लागेको थियो,’ उनी भन्छिन्, मिर्गौला प्रत्यारोपणपछि परिवारमा खुसी छाएको छ । हामी दुवैजना स्वस्थ छौँ ।’ मिर्गौला दान दिएपछि कुनै पनि औषधि खान नपरेको उनी सुनाउँछिन् । ‘एउटा मिर्गौला दान गर्दा अर्को ज्यान बचाउन सकिन्छ भने किन नगर्ने ?,’ उनको प्रश्न थियो ।

मिर्गौला प्रत्यारोपण गरेर पनि सक्रिय जीवनयापन गर्न सकिन्छ भन्ने उदाहरणका लागि माथिका पात्र नै काफी छन् । तर, मानिसहरू मिर्गौलामा समस्या आउनेबित्तिकै आत्तिएर हाउगुजी बनाउँछन् । यद्यपि, मिर्गौलाको उपचार सम्भव रहेको भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक तथा प्रत्यारोपणविद् पुकारचन्द्र श्रेष्ठ बताउँछन् । केन्द्रमा हालसम्म ८ सय १९ मिर्गौला प्रत्यारोपण भइसकेका छन् ।

पुकारचन्द्र श्रेष्ठ
निर्देशक तथा प्रत्यारोपणविद्, शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र

वंशाणुगत रूपमा पनि कतिलाई यो समस्या हुन सक्छ, विषाक्त पदार्थको अधिक सेवन, पानीको अपर्याप्तता, असन्तुलित जीवनशैली, चिन्ता आदिले मृर्गौलामा सोझो असर गर्छ ।

मिर्गौलाले शरीरमा तरल पदार्थलाई सन्तुलित रूपमा प्रवाह गर्न सहयोग गर्छ । शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ । तर, अस्वस्थ्य खानपान र जीवनशैलीले मिर्गौलालाई खराब बनाइरहेको श्रेष्ठ बताउँछन् । ‘वंशाणुगत रूपमा पनि कतिलाई यो समस्या हुन सक्छ,’ उनी सुझाव दिँदै थिए, ‘विषाक्त पदार्थको अधिक सेवन, पानीको अपर्याप्तता, असन्तुलित जीवनशैली, चिन्ता आदिले मृर्गौलामा सोझो असर गर्छ ।’

साथै, उच्च रक्तचाप, मधुमेह, मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौलामा संक्रमण, मिर्गौलामा पत्थरी, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या, जथाभावीरूपमा औषधिको सेवन लगायतका कारणले मिर्गौलामा समस्या देखिने डा. श्रेष्ठ बताउँछन् ।

मिर्गौला बिग्रिएको लक्षण

डा. श्रेष्ठले मिर्गौलामा समस्या आएको लक्षण र बच्ने उपायबारे जानकारी दिएका छन् ।
– पिसाब धमिलो हुने
– धेरैपटक वाकवाक लाग्ने
– रिङ्गटा लाग्ने
– झाडापखाला लागिरहने
– हातखुट्टा सुन्निने ।
– अन्य रोग लाग्दा औषधि सेवन गर्दा पनि लामो समयसम्म निको नहुने
– कोखा दुख्ने,
– शरीर चिलाउने

कसरी बच्ने ?

– कुनै बेला मृर्गौलाले ९० प्रतिशत काम नगरेपछि मात्र थाहा हुने भएकाले बेलैमा सचेत हुनु पर्छ ।
– स्वस्थ व्यक्तिले पनि वर्षको एकपटक अनिवार्य स्वास्थ्य परीक्षण गराउने ।
– मधुमेह वा उच्च रक्तचाप नियन्त्रणमा राख्ने ।
– प्रशस्त सफा पानी पिउने ।
– जथाभावी औषधि सेवन नगर्ने ।
– पोषणयुक्त आहार खाने ।
– नियमित व्यायाम गर्ने ।
– नुन कम खाने ।
– धूम्रपान तथा मद्यपान नगर्ने
– झोलिलो पदार्थको अत्यधिक खाने
– लामो समय पिसाब नरोक्ने
– मोेटोपना घटाउने

यो पनि…
मस्तिष्क मृत्युपछि हुने अंगदानलाई कसरी प्रवर्द्वन गर्ने ?
यस्ता हुन्छन् मृगौला बिग्रने कारण र लक्षण, कसरी बच्ने ?



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित