English

पहिलोपटक ट्रेकिङमा जानेले ध्यान दिनुपर्ने कुराहरु



दैनिक रुटिनबाट समय निकालेर रमणीय ठाउँहरूमा ट्रेकिङ जाँदा रिफ्रेस भइन्छ । त्यसैले, ट्रेकिङ प्रेमीहरूको संख्या बढ्दो छ । कतिपय मानिसहरू पहिलो पटक ट्रेकिङ जाँदा धेरै नै उत्साहित हुन्छन् । तर केही पक्षमा ध्यान नदिंदा विभिन्न समस्याहरू आइपर्न सक्छ । यदि तपाई पहिलो पटक ट्रेकिङ जाँदै हुनुन्छ भने यी कुराहरूमा दिनुहोस् ध्यान ।

गन्तव्यमा पुग्न हतार नगरौँ

पहिलो पटक ट्रेकिङमा जाँदै हुनुन्छ भने धेरै छिटो हिँड्नु हुँदैन। बिस्तारै हिँड्नु भयो भने तपाईंलाई गन्तव्यसम्म पुग्न सहज हुन्छ । गन्तव्यमा छिटो पुग्ने सोचाईमा छिटो छिटो हिँड्दा तपाई छिटो थाक्नु हुन्छ र तपाईलाई गन्तव्यमा पुग्न झनै कठिनाई हुनसक्छ । छिटो छिटो हिँड्ने चक्करमा लडेर चोटपटक पनि लाग्न सक्छ ।

आफूलाई यसरी राख्नुहोस् हाईड्रेट

पहाडी क्षेत्रमा ट्रेकिङ गर्दै हुनुन्छ भने तपाईंले बेला–बेलामा पानी पिउन बिर्सनु हुँदैन । तर एकै पटक धेरै पानी पिउनु हुन्न । ट्रेकिङको समय अवधि भरिमा ६ देखि ७ लिटर पानी पिउनु पर्ने हुन्छ, त्यो पनि थोरै–थोरै गरेर सुरुप-सुरुप पिउनु पर्छ ।

धेरै आराम गर्नुहुन्न

पहाडी क्षेत्रमा तापक्रम कम हुन्छ । लगातार हिँड्नाले शरीर तातिन्छ । हामी जति जति माथि उचाईतर्फ बढ्दै जान्छौं, त्यति चिसो पनि बढ्दै जाने भएकोले शरीरको तापक्रम बढाउन शरीरको गतिविधिलाई जारी राख्नुपर्छ । तपाईंले धेरै समय आराम गर्नु भयो भने शरीरको तापक्रम घट्छ र तपाईंको स्वास्थ्यमा असर पर्न सक्छ ।

हतार गर्नुहुन्न

कतिपयको हतार गर्ने बानी हुन्छ । यता उती नहेरी हतार हतार हिँड्नाले वरपरको रमणीय दृश्यको अवलोकन गर्न पाइँदैन । एकछिन थकाइ मारेजस्तो बसेर दृश्यको अवलोकन गर्दा यात्रा झन रमाइलो हुन्छ ।

हल्का भारीको तयारी

ट्रेकिङ गर्न जाँदा धेरै भारी बोक्ने कष्ट गर्नु हुन्न, जरुरी सामान मात्र बोक्नु पर्छ । पहाडी क्षेत्रमा ट्रेकिङ गर्न जाँदै हुनुहुन्छ भने त्यति मात्र सामान बोक्नुहोस्, जति तपाईंलाई बोक्न सजिलो हुन्छ । धेरै सामानको भारीले ट्रेकिङमा हिँड्न गाह्रो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा