तरकारीको आज कति छ मूल्य ? [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन २५ गते बुधबार एक किलोग्राम कागतीको मूल्य १९३ रूपैयाँ ३३ पैसा तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ५६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २६ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ५१ रूपैयाँ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २२ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य २५ रूपैयाँ, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूला १२ रूपैयाँ ५० पैसा, भन्टा ७६ रूपैयाँ ६७ पैसा, मटरकोशा ४६ रूपैयाँ तोकिएको छ ।
त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १२६ रूपैयाँ ६७ पैसा तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १४५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९३ रूपैयाँ ३३ पैसा तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ ।
यो पनि…
तौल बढाउन बिहानको खाजामा खानुहोस् यी खानेकुराहरू
बाल्यकालमा कस्तो थियो बुद्धको स्वभाव ?