भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा
नेपालको वातावरणअनुसार जुनसुकै ठाउँमा पनि सहजै खेल्न सकिने भएकोले भलिबललाई निकै लोकप्रिय खेल मानिन्छ । नेपालको राष्ट्रिय खेलको रूपमा मान्यता पाएको भलिबल युवा पुस्तादेखि पाकापुस्तासम्म निकै रुचाइएको खेल हो । केही वर्ष पहिले भलिबलभन्दा अरू खेल देख्न पनि निकै कम पाइन्थ्यो ।
स्थानीय क्षेत्रबाटै भलिबल खेल्न सुरु गरेका विष्णुप्रसाद चौधरीको खेल जीवन निकै रोचक छ । भलिबललाई नजिकबाट नियालेका कैलारी गाउँपालिका-७ का चौधरीसँग २० वर्ष राष्ट्रिय भलिबल खेलाडीको रूपमा काम गरेको अनुभव छ ।
विद्यालय पढ्दै गर्दा खेल क्षेत्रमा लागेका विष्णुको सरकारी जागिरले पनि खेल खेल्ने सपनालाई मार्न सकेन । उनले स्थानीय क्षेत्रमा भलिबल खेलमा उत्कृष्ट भएकै कारण राष्ट्रिय रूपमा आफ्नौ छुट्टै पहिचान बनाउन सफल भए ।
विसं २०४२ देखि राष्ट्रिय भलिबल टिममा रहेका विष्णुले २० वर्षसम्म राष्ट्रिय भलिबल टिममा रहेर खेले । नेपाल विद्युत् प्राधिकरणमा जागिर हुँदा पनि उनले जागिरकै कारणले कुनै खेल छुटाउनु परेन ।
नेपालको वातावरणअनुसार जुनसुकै ठाउँमा पनि सहजै खेल्न सकिने भएकोले भलिबललाई निकै लोकप्रिय खेल मानिन्छ । नेपालको राष्ट्रिय खेलको रूपमा मान्यता पाएको भलिबल युवा पुस्तादेखि पाकापुस्तासम्म निकै रुचाइएको खेल हो ।
‘मैले भलिबल खेललाई नजिकबाट नियालेको छु । खेलकुदभन्दा ठूलो कुरा मेरा लागि जीवनमा केही पनि हुन सकेन । जागिर पनि यस्तो पाएँ, जति बाहिर हुँदा पनि कुनै अप्ठ्यारो महसुस नै नहुने’, उनले भने, ‘विद्युत् प्राधिकरणभित्रबाट पनि हामीले खेल्ने अवसर पाउने भएकाले मलाई अझै सहज भएको थियो । त्यसैले पनि मेरो खेलप्रतिको लगाव कहिल्यै कम भएन ।’
राष्ट्रिय भलिबल टिममा रहँदै विष्णुको छोरीले पनि महिला तर्फको राष्ट्रिय भलिबल टिममा अवसर प्राप्त गरिन् । अचम्मको कुरा त के छ भने विष्णुका तीन छोरी र एक छोरा खेल क्षेत्रमै छन् । त्यो पनि भलिबलमै । साफ च्याम्पियनसीपमा दुईपटक बुबा र जेठी छोरी नेबिका चौधरीलेसँगै सहभागिताको अवसर पाए । विष्णुकी जेठी छोरी नेविका र सङ्गिता चौधरी भलिबलको राष्ट्रिय महिला टिममा छन् ।
नेबिका अहिले पारिवारिक समस्याका कारण घरमा आराम गर्दै आएको बताउँदै विष्णुको माइली छोरी भने अहिले पनि महिला राष्ट्रिय टिमबाट भलिबल खेल्दै आएको विष्णुको भनाइ छ । ‘नेविका र मैले दुई पटकसँगै साफ च्याम्पियनसीपमा सहभागी भएका थियौं । म पुरुषबाट थिए भने छोरी महिला टिमबाट’, उनले भने, ‘त्यो अवसर सम्भव कसैलाई पनि जुर्दैन होला । जुन मलाई जुर्यो ’
विष्णुका छोराले पनि प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेल्ने अवसर पाएका छन् । अहिले पनि उनका छोरा आरिष चौधरी प्रदेश टिममा सहभागी छन् । विष्णुकी कान्छी छोरी बक्सिङमा राम्रो भए पनि परिवारका अन्य सदस्य भलिबल क्षेत्रमै भएका कारण उनले पनि बक्सिङ खेल छोडेर भलिबलमै केन्द्रित भएको विष्णुले बताए ।
कान्छी छोरीले बक्सिङमा राष्ट्रियस्तरको प्रतियोगितामासम्म खेलेका खेलेकी छिन् । गाउँपालिकामा अहिले भलिबल प्रशिक्षण केन्द्र खोलेर युवालाई भलिबल सिकाउँदै आएका चौधरीले यो खेलका लागि आफ्नो क्षमताले भ्याएसम्म लागिरहने बताए । आफ्नो खेलप्रतिको लगावले छोराछोरीलाई पनि खेल क्षेत्रमा लाग्न प्रेरित गरेको उल्लेख गर्दै विष्णुले खेलाडीको भविष्य भने अझै सुनिश्चित् हुन नसकेको बताए ।
विष्णुका तीन छोरी र एक छोरा खेल क्षेत्रमै छन् । त्यो पनि भलिबलमै । साफ च्याम्पियनसीपमा दुईपटक बुबा र जेठी छोरी नेबिका चौधरीलेसँगै सहभागिताको अवसर पाए । विष्णुकी जेठी छोरी नेविका र सङ्गिता चौधरी भलिबलको राष्ट्रिय महिला टिममा छन् ।
‘खेलाडी उत्पादन नभएको भने होइन । नेपालमा पनि थुप्रै खेलाडी उत्पादन भएका छन्’, उनले भने, ‘खेलाडीको संरक्षण भने हुनसकेको छैन । जसका कारण खेलाडीको सुनिश्चितता हुनसकेको छैन ।’ स्थानीय सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको भन्दै विष्णुले खेलाडी उत्पादनको मुख्य आधार नै स्थानीय सरकार भएको बताए ।
उनले नेपालमा पुरुष भलिबल टिमभन्दा पनि महिला भलिबल टिमसँग बढी सम्भावना देखिएको बताए । पुरुष भलिबल टिमको प्रशिक्षणमा पनि निकै कमजोरी रहेको उनको भनाइ छ ।
‘पुरुष भलिबल टिम पनि कमजोर छ भन्न मिल्दैन तर उहाँहरूले प्रशिक्षण राम्रो पाइरहेको अवस्था छैन’, उनले भने, ‘वर्षभरि बन्द प्रशिक्षणमा राष्ट्रिय टिमलाई राख्न सक्नुपर्छ । प्रतियोगिता हुँदा मात्रै प्रशिक्षण बोलाएर खेलाडी खेलमा पोख्त हुनसक्दैन ।’ अहिले विष्णु राष्ट्रिय रेफ्रीको भूमिकामा छन् । सुदूरपश्चिममा हुने अधिकांश भलिबल खेलमा उनले मुख्य रेफ्रीको भूमिकासमेत निर्वाह गर्दै आएका छन् ।
यो पनि…
घरेलु मैदानमा एकदिवसीय र त्रिकोणात्मक टी-२० आयोजना हुने
क्यानद्वारा क्रिकेट टोलीको घोषणा [नाम]