ह्वात्तै बढ्यो कागतीको मूल्य [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन २१ गते शनिबार एक किलोग्राम कागतीको मूल्य १९० रूपैयाँ तोकिएको छ । यसअघि कागतीको मूल्य ११० थियो ।
त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ६६ रूपैयाँ तोकिएको छ । एक किलोग्राम रातो आलुको मूल्य २९ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ५५ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २५ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य ३५ रूपैयाँ, रातो मूला ३२ रूपैयाँ ६७ पैसा, सेतो मूला १४ रूपैयाँ, भन्टा ६५ रूपैयाँ, मटरकोशा ५५ रूपैयाँ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११० रूपैयाँ तोकेको छ ।
एक किलोग्राम सुन्तलाको मूल्य १४० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ ।
आज कति पुग्यो तरकारीको मूल्य ? [सूचीे]