English

रुस–युक्रेन युद्ध : पछिल्ला ४ अपडेटहरू



रुसी सेनाले युक्रेनमाथिको हमलालाई थप तीव्र पारेको छ । रुसी सेनाले दोस्रो ठूलो सहर खारकिभको एक प्लान्टमा शक्तिशाली विस्फोट गराएका छन् । विस्फोटलगतै परमाणु पावर प्लान्टमा आगो लागेको थियो ।

उक्त घटनामा कोही पनि हताहता नभएको युक्रेनको आपत्कालिन सेवाले जनाएको छ ।  आगलागी भएपछि युक्रेनका राष्ट्रपति भोलोदोमीर जेनन्स्कीले ट्वीटर मार्फत रुसले प्लान्टमा आक्रमण गरेको जनाएका थिए । 

१० लाखभन्दा बढीले छोडे युक्रेन

रुस र युक्रेनबीच चलेको युद्धका कारण १० लाखभन्दा बढीले युक्रेन छोडेका छन् । नौ दिनदेखि चलिरहेको युद्धका कारण उनीहरूले देश छोडेको राष्ट्रसंघले जनाएको छ ।

युक्रेन छोडेका शरणार्थीहरु पोल्याण्ड, हंगेरी, रोमानिया र माल्दोभातर्फ गइरहेका छन् । युद्धका कारण देश छोडेर अन्य देशमा गएका शरणार्थीलाई तीन वर्षको अस्थायी आवासीय अनुमति प्रदान गर्ने निर्णय युरोपेली संघले गरेको छ ।

ब्रसेल्समा बिहीबार बसेको युरोपेली संघका गृहमन्त्रीहरूको बैठकले सो निर्णय गरेको हो । संघले यसअघि यस्तो सुविधा दिएको थिएन ।

युक्रेनी शरणार्थीहरुले संघको सदस्य देशमा रहँदा शिक्षा तथा स्वास्थ्य सम्बन्धि सुविधा पनि पाउने छन् ।

परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा 

रुसी आक्रमणका कारण युक्रेनको परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको छ । प्लान्टमा रहेको पाँच तले तालिम केन्द्र रहेको भवनमा आगो लागेको युक्रेनले जनाएको छ । आगलागीले प्लान्टमा कुनै नोक्सानी नगरेको बताइएको छ । 

घटनामा कोही पनि हताहता नभएको युक्रेनको आपत्कालिन सेवाले जनाएको छ ।  आगलागी भएपछि युक्रेनका राष्ट्रपति भोलोदोमीर जेनन्स्कीले ट्वीटर मार्फत रुसले प्लान्टमा आक्रमण गरेको जनाएका थिए । 

युक्रेनको आपत्कालिन सेवाका अधिकारीलाई शुरुमा आगलागी भएको स्थानमा जान दिइएको थिएन । पछि उनीहरुलाई प्रवेश दिएपछि आगो नियन्त्रणमा आएको थियो । 

घटनामा कोही पनि हताहता नभएको युक्रेनको आपत्कालिन सेवाले जनाएको छ ।  आगलागी भएपछि युक्रेनका राष्ट्रपति भोलोदोमीर जेनन्स्कीले ट्वीटर मार्फत रुसले प्लान्टमा आक्रमण गरेको जनाएका थिए । 

अत्यावस्यक सामग्रीको पर्खाइमा मानिसको भीड

युक्रेन हमलाको नयाँ स्याटलाइट तस्वीरहरु सार्वजनिक भइरहेका छन् । तस्विरहरूमा अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर लागेको मानिसहरुको लामो लाइन, जलिरहेका भवन र सेनाका बख्तरबन्दका लामा ताँती देख्न सकिन्छ ।

त्यस्तै, चेर्निहिभ र किभका सुपरमार्केट बाहिर खानेकुरा किन्न पर्खिरहेका मानिसहरुको लामो लाइनहरू देखिन्छ । 

खेरसनलाई नियन्त्रणमा, खारकिभमा शक्तिशाली बिस्फोट

रुसी फौजले युक्रेनी सहर खेरसनलाई नियन्त्रणमा लिएको स्थानीय अधिकारीहरुले पुष्टि गरेका छन् । ३ लाख जनसंख्या भएको सो सहरलाई रुसी सेनाले घेरेको र त्यहाँ युक्रेनी सेनाको उपस्थिति शून्य देखिएको अधिकारीहरुले बताएका छन् । खेरसन कब्जा गर्ने क्रममा ठूलो संख्यामा सर्वसाधारणको हताहत हुन सक्ने अनुमान गरिएको छ ।

युक्रेनबाट ५११ नेपाली बाहिरिएयसैबीच रुसी सेनाले युक्रेनमाथिको हमलालाई थप तीव्र पारेको छ । रुसी सेनाले दोस्रो ठूलो सहर खारकिभमा शक्तिशाली बिस्फोट गराएका छन् ।

नेपाली सुरक्षित स्थानमा पुगे

 रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् ।  

 जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए ।

 जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए ।

उद्धार समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दोभा पुगेका हुन् । हालसम्म ५ सय ११ जना नेपालीहरु सुरक्षित गन्तव्यमा पुगेका छन् । उद्धार गरिएकामध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।

युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

यो पनि…
युक्रेन हमला : कस्तो छ पछिल्लो अपडेट ?
युक्रेनमा रूसी हमला : पछिल्ला ६ घटना



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

काठमाडौं, भदौ १९ : केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ

प्रहरी महानिरीक्षक श्री चन्द्र कुबेर खापुङ्गज्यू दर्ज्यानी चिन्हबाट सुशोभितनेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भाद्र १३ गतेको निर्णय अनुसार प्रहरी महानिरीक्षक पदमा

१ सेप्टेम्बर, २०२५: धनुषाका १७ वर्षीय अभियन्ता तथा सामग्री निर्माता श्री कृष यादव लाई ‘गोलछा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन

Latest










Popular
Suggested