English

डिजिटल भुक्तानी ‘कर्पोरेट पे’ मार्फत ५५ अर्बको कारोबार



कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार फर्छ्योट गरेको छ । बैंक र वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरूलाई सहजरूपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्राणाली प्रयोग हुँदै आएको छ ।

हाल यसमा ४८ बैंक वित्तीय संस्थाहरूमार्फत् उक्त प्रणालीमा २६ सयभन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भइसकेका छन् ।

यस प्रणालीमार्फत फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरू गर्न सकिन्छ । पछिल्लो समयमा यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी थप गरिएको छ ।

व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक बहु अधिकार र बहु हस्ताक्षरकर्ताको समेत उपयुक्त व्यवस्था रहेको छ ।

प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाखसम्म र नन–रियल टाइममा प्रति कारोबार २० करोडसम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार ३० करोडसम्म गर्न सकिन्छ । साथै यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एकभन्दा बढी बैंक खाताहरू लिन्क गरी कारोबारहरू गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ ।

एनसीएचएलद्वारा सञ्चालन गरिएको यस प्रणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंकरवित्तीय संस्थासँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

यो पनि
‘नेपाली पात्रो’को सिईओमा सन्तोष देवकोटा नियुक्त
गेटवे पेमेन्टले युपीआई सञ्चालनका लागि एनपीसीआई र मनमसँग गर्यो सम्झौता




सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

Latest










Popular
Suggested