English

पाउलान् त किसानले तरकारीको सही मोल ?



आफूले उत्पादन गरेका तरकारीको उचित मूल्य अब किसानले पाउने भएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले होल्डिङ यार्ड/अक्सन यार्ड योजना ल्याएपछि किसानले आफ्नो उत्पादन आफै बेच्न पाउने भएका हुन् । तरकारी व्यापारमा विचौलिया हावी भएको गुनासो बढेको थियो । किसानले आफ्नो उत्पादनको सही मूल्य नपाएको गुनासो आएपछि तिनले उत्पादन गरेका तरकारी सिधै व्यवसायीसंग बिक्री गर्न समितिले विशेष योजना नै ल्याएर तरकारीको उचित मोल दिलाउने निर्णय गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार यही चैत्र १८ गतेबाट यो योजना परीक्षण गरिएको छ । कालीमाटी थोक बजार भित्रको फिससेट भवनमा रहेको १२ वटा स्टलमा यो योजना परीक्षण सुरु गरिएको हो ।

के हो होल्डिङ यार्ड/अक्सन यार्ड ?

किसानले उत्पादन गरेका तरकारी आफैले बेच्ने योजना हो होल्डिङ यार्ड/अक्सन यार्ड । यसमा किसानले आफूले उत्पादन गरेका तरकारी बजारमा ल्याएर बजार मूल्य तोेकेर बेच्न सक्ने छन् । यो एक प्रकारको लिलामी बजार हो । यस बजारमा किसानले उत्पादन गरेका तरकारी तरकारी व्यवसायीहरूले मूल्य तोक्ने र किन्ने गर्छन् । यसमा विचौलियाले चलखेल गर्न पाउँदैनन् । यस योजनाबाट किसानले प्रत्यक्ष लाभ लिन सक्ने श्रेष्ठको दाबी छ ।

किसानले यो योजनाको कसरी सदुपयोग गर्ने ?

किसानले उत्पादन गरेको तरकारी कम्तिमा २ टन बजारमा ल्याउनुपर्ने छ । २ टन तरकारी स्टलमा राखेवापत ४ सय र सो भन्दा बढी तरकारी ल्याएमा २० पैसा प्रति किलोका दरले समितिलाई शुल्क बुझाउनुपर्ने श्रेष्ठले बताए । यसरी ल्याएको तरकारी किसानले थोकमै बेच्नुपर्ने, खुद्रा मूल्यमा बेच्न नपाइने उनले बताए ।

किसानले प्रत्येक दिन साँझ ७ बजेदेखि विहान ४ बजेसम्म स्टलमा तरकारी राखेर बेच्न सक्ने उनले बताए । यसरी ल्याएको तरकारीको विषादी परीक्षण हुने उनले जनाए । यो योजना परीक्षणमै रहेकाले केही दिनका लागि किसानले निःशुल्क स्टल पाउनेछन् ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०