English

एमसीसी सकस : पाँच दलका पाँच चाहना



अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा सत्तारूढ पाँच दलीय गठबन्धनमा पाँचवटा धारणा देखा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धनमा एमसीसी बिनासर्त पारित गर्ने, एमसीसी टेबुल गर्न दिने तर संशोधनबिना अनुमोदन नगर्ने, एमसीसी टेबुल गरिए सरकारबाट बाहिरिनेलगायतका धारणा निमार्ण भएका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले जे लिन्छन् त्यसैअनुसार निर्णयमा पुग्ने र एमसीसीका विषयमा चरणबद्ध आन्दोलनलाई निरन्तरता राख्नेसहित पाँचवटा धारणा देखा परेका हुन् । प्रधानमन्त्री देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस बिनासर्त एमसीसी संसदमा टेबुल गरेर अनुमोदन गराउने पक्षमा छ ।

गत साता सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार सरकारको नेतृत्वकर्ता कांग्रेस १६ फागुनभित्र एमसीसी अनुमोदन गराउने पक्षमा स्पष्ट देखिएको छ । ‘गठबन्धन टुटे टुटोस् तर एमसीसी पारित गराउने पक्षमा कांग्रेस छ,’ गठबन्धन बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले पार्टी धारणा सार्वजनिक गर्दै आएका छन् ।

त्यसका लागि सत्तारूढ गठबन्धनसँग यसअघि दुईपटक घनीभूत छलफल गरेको कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि सहयोगको आग्रह गरेको अवस्थामा पुनः आज पाँच दलीय गठबन्धनको बैठक आह्वान गरेको छ । यसअघि एमसीसीका बारेमा ‘हार्डलाइनर’ को रूपमा देखा परेको नेकपा (एस) शनिबारको स्थायी कमिटी बैठकपछि भने केही हदमा लचिलो भएको छ ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमसीसीलाई संघीय संसदमा बिनाअवरोध टेबुल गर्न दिने तर संशोधनबिना अनुमोदन भने नगराउने पक्षमा स्थायी कमिटीले निर्णय लिएको जानकारी गराइसकेका छन् । ‘एमसीसीलाई संसदीय प्रक्रिया अघि बढाउन टेबुल गर्न दिने पक्षमा नेकपा एसले निर्णय गरेको छ,’ प्रवक्ता खतिवडाले भने, ‘तर, बिनासंशोधन एमसीसी अनुमोदन गराउने पक्षमा पार्टी भने रहेको छैन ।’

उनका अनुसार सम्झौताको संशोधन भएपछि मात्रै एमसीसी अनुमोदन हुने नेकपा (एस) को बटमलाइन कायमै छ । नेकपा माओवादी केन्द्रले एमसीसीलाई ‘जर्वजस्ती’ टेबुल गरिएमा सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । गत साता सम्पन्न माओवादी संसदीय दलको बैठकले गरेको निर्णय प्रधानमन्त्री देउवालाई अध्यक्ष प्रचण्डले जानकारीसमेत गराइसकेका छन् ।

एमसीसीबारे सत्तारूढ पाँच दलीय गठबन्धनमा पाँचवटा धारणा देखा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धनमा एमसीसी बिनासर्त पारित गर्ने, एमसीसी टेबुल गर्न दिने तर संशोधनबिना अनुमोदन नगर्ने, एमसीसी टेबुल गरिए सरकारबाट बाहिरिनेलगायतका धारणा निमार्ण भएका छन् ।

‘एमसीसी टेबुल गरिए माओवादी गठबन्धन सरकारबाट बाहिरिन्छ, यो हामीलाई मान्य हुन्न्,’ प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीको औपचारिक निर्णय यसअघि नै सुनाइ सकेका छन् । जुन निर्णयबाट माओवादी पछि हटेको अझैसम्म सार्वजनिक भएको छैन, यद्यपी प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा भने आज सहभागी हुँदैछ ।

उता, तराई मधेसकेन्द्रित जनता समाजवादी पार्टी, नेपाल (जसपा) भने माओवादी केन्द्र र नेकपा (एस)ले गर्ने निर्णयका आधारमा एमसीसीका पक्ष वा बिपक्षमा उभिने निष्कर्षसहित गठबन्धनको बैठकमा सहभागी भइरहेको छ ।

माओवादी र नेकपा (एस)ले जे निर्णयमा पुग्छन्, हामी त्यसै आधारमा निर्णय लिनेछौ,’ जसपाका नेता मोहम्मद इस्तियाक राइले टिप्पणी गरे, ‘हामी अझै पनि गठबन्धनमा एकमत होस भन्नेमा प्रयासरत छौं ।’ माओवादी र नेकपा (एस) को निर्णयअनुसार पार्टी निर्णय हुने भन्दै जसपा नेपालले जस/अपजसको भारी गठबन्धन सँगसँगै बोक्ने निष्कर्षसहित धारणा सार्वजनिक गरिरहेको छ ।

उता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा भने गठबन्धन छाडेर एमसीसीको बिरोधमा सडक आन्दोलनमा होम्मिएको छ । ‘खसी देखाएर फर्सी खुवाउन लागेको’ भन्दै असन्तुष्ट जनमोर्चा मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत ६ साना वामपन्थी दलसँग मिलेर सडक आन्दोलनमा होम्मिएको छ । साना वामपन्थी दलसँग कार्यगत एकता गरेर सडक आन्दोलनमा होम्मिएको जनमोर्चा गठबन्धनका पछिल्ला बैठकहरूमा अनुपस्थित हुँदै आएको छ ।

प्रधानमन्त्री देउवाले आज बोलाएको बैठकपछि एमसीसीका कारण गठबन्धनको भविष्य के हुने ? भन्नेसम्मका टिकाटिप्पणी राजनीतिक विश्लेषकहरूले गरिरहेका छन् ।

यो पनि
एमसीसी संसदमा छलफल गर्न नेकपा एस तयार
नेपालमा एमसीसीबारे अमेरिका र चीन सवाल-जवाफ : कसले के भने ?



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित