यौन जीवन सुधार्न के गर्ने ?
विवाहित जोडीहरूका लागि यौन सम्बन्ध अत्यावश्यक कुरा हो । यौन जीवन राम्रो छ भने धेरै समस्याहरू बिना जटिलता समाधान हुन्छ ।
कहिलेकाहीँ आफ्नो पार्टनर हुँदाहुँदै पनि सेक्स हाम्रो लागि त्यति धेरै रमाइलो हुँदैन । यस्तो अवस्थामा कहिले हामी आफैँलाई दोष दिन्छौँ त कहिले पार्टनरलाई । तर, तपाईंले यी टिप्सहरूबाट आफ्नो यौन जीवनलाई सुधार्न सक्नुहुन्छ ।
कसरत गर्ने
शरीरलाई तन्दुरुस्त राख्नले यौन जीवनमा पनि प्रत्यक्ष प्रभाव पार्छ । नुत्य, योगा आदि गर्दा शरीरमा नयाँ ऊर्जा भरिन्छ । जसले सेक्सको इच्छा बढाउँछ । कसरत गर्नाले मुटु सक्रिय हुन्छ । यसले सेक्सको कार्यसम्पादनमा सुधार गरी चरम उत्तेजित पनि हुन्छ ।
सन्तुष्ट पार्ने
आफूले आफैँलाई खुसी राख्नको लागि नियमित हस्तमैथुन गर्नुपर्छ । यसले तपार्इंलाई के मन पर्छ र के मन पर्दैन भनेर बुझन् पनि मद्दत गर्छ । हस्तमैथुनका बारे धेरै भ्रम रहेता पनि यसले तपाईंसँगको सम्बन्ध राम्रो बनाउँछ ।
मनपर्ने कुरा एक–अर्कामा सेयर गर्ने
सम्बन्ध राम्रो बनाउन आफ्नो पार्टनरसँग आफूलाई मनपर्ने कुरा बताउनुहोस् । दुवैको चाहना फरक हुन सक्छ । त्यसैले, सफल यौन जीवनका लागि आफूलाई मनपर्ने कुरा एक–अर्कालाई भन्नुपर्दछ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?