विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्बिर ले । तिनै तस्बिरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्बिरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्बिरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।
२१. इटालीको माउन्ट एटनामा विस्फोट भएको ज्वालामुखी ।
२०. बेइजिङस्थित चन्द्रमा उदाएको दृश्य ।
१९. हिप्पोको मूर्तिमा फोटोको लागि पोज दिँदै बालिका ।
१८.दुबईस्थित परम्परागत साँढेको लडाइँको दृश्य ।
१७.थाइल्यान्डका बौद्ध भिक्षुहरू ।
१६.भारत, लद्दाखस्थित जान्स्कर नदीको किनारमा सौना स्नान गर्दै ।
१५. सिड्नी हार्बर ब्रिज र सूर्योदयको दृश्य ।
१४. श्रीलङ्का, हम्बनटोटाको रिडियागा सफारी पार्क चिडियाखानाका डाक्टरले सिंहको बच्चासँग अन्तरक्रिया गर्दै ।
१३. इन्डोनेसियाको जकार्तामा भारी वर्षामा मोटरसाइकल यात्रु ।
१२. ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिसमा भारी वर्षा पछि क्षतिग्रस्त रूख र सवारी साधन ।
११. यमनका किसान कफी देखाउँदै ।
१०. इन्डोनेसियाको पश्चिम जाभाको बोगोरमा भारी वर्षापछि बाढीको पानीमा पौडी खेलिरहेका बालबालिका ।
९.ललितपुरस्थित थेचोमा माधवनारायण पर्वको धार्मिक यात्रामा सहभागीहरू ।
८.सल्यानबाट दाङको घोराही बजारमा बाँसबाट बनेका सामग्री बिक्री गर्न आएका व्यापारी ।
७.जलेश्वरको महेन्द्रचोकस्थित सडक पेटीमा ब्लक बिछ्याउँदै कामदार ।
६.ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७, दोखु अवस्थित दुमी कृषि फार्ममा च्याउ उमारिँदै ।
५.शुक्लाफाँटा नगरपालिका पिपलाडीका थारू महिला सिन्की बनाउन मुला काट्दै ।
४.घोराही–१७, कर्जाहीमा उपमहानगरपालिकाले निर्माण गरेको कृत्रिम जलाशय ।
३.सङ्खुवासभाको मकालु गाउँपालिका –३ को उलिङ गाउँमा खरले घर छाउँदै स्थानीय ।
२.सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ मा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको भरत तालमा पर्यटक ।
१. सङ्खुवासभाको मकालु गाउँपालिका –३ उलिङमा परम्परागत ओखलमा धान कुट्दै वृद्धा । गाउँघरमा धान कुट्ने मिल नहुँदा अझै ढिकी वा ओखलमा धान कुट्नुपर्ने बाध्यता छ ।
तस्बिर : रासस, एपि, एएफपि,सिन्हुआ
यो पनि… विश्व चिनाउने साताका २१ तस्वीर भद्रगोल सिंहदरबार (फोटो फिचर)