जो क्षणभरमै लाखौँ खर्च गर्छिन्, पैसा कम भए अपनाउँछिन् यी तरिका !
शौक एउटा ठूलो चिज हो । मानिस आफ्नो शौक पूरा गर्नको लागि कुनै पनि हदसम्म जान तयार हुन्छन् । धनी मानिस सधैँ महङ्गो चिजकै प्रयोग गर्दछन् । उनीहरुको शौक पनि धेरै महङ्गो हुन्छ । तर गरिब मानिस दुई छाक खाना खान पनि राम्रोसँग पाउँदैनन् । उनीहरु महिनौँ काम गरेर केही पैसा जम्मा गर्दछन् । तर धनी मानिस क्षणभरमै लाखौँ खर्च गर्दछन् ।
अमेरिकाको फ्लोरिडामा बस्ने एक धनी पिताकी छोरी आफ्नो शौक पूरा गर्नका लागि क्षणभरमै लाखौँ खर्च गर्दछिन् । २१ वर्षकी सैफरान ड्रविट सपिङ गरेर लाखौँ रुपैयाँ एकछिनमै खर्च गर्दछिन् ।
उनलाई सपिङ गर्न यति शौक छ कि, उनको बैंक ब्यालेन्स ७.३ करोड रुपैयाँभन्दा थोरै भएपछि उनी रुन थाल्छिन् ।