English

संसारका १० प्रदूषित सहर



वायु प्रदूषण भन्नाले वायुमण्डलमा विभिन्न पदार्थहरूको उपस्थितिलाई बुझिन्छ, जुन मानव र अन्य जीवित प्राणीहरूको स्वास्थ्यको लागि हानिकारक हुन्छ । धुँवा, धुलो, ग्याँसलगायत विभिन्न पदार्थहरू जब हावामा मिसिन्छन्, तब वायु प्रदूषण हुन्छ । यसरी प्रदूषण भएको वायुले कुनै पनि स्थानको मानव र अन्य जीवित प्राणीहरूको स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

यसरी प्रदूषित भएको वायुको एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्सबाट मापन गरिन्छ । एक्युआई सरकारी एजेन्सीहरूद्वारा हालसालै हावा कति प्रदूषित छ र हावामा कस्तो प्रदूषण हुने पूर्वानुमान गरिएको छ भनेर जनतालाई जानकारी गराउन प्रयोग गरिन्छ ।

यसै साता काठमाडौं संसारकै सबैभन्दा बढी प्रदूषित सहरको शीर्ष स्थानमा रहेको समाचार आएको थियो । एक्युआई तथ्याङ्कअनुसार प्रदूषित सहरको अवस्थामा फेरबदल भैरहन्छ । हाल दक्षिण एशियाली मूलुकका सहरमा प्रदूषण बढेको देखिएको छ । यो समाचार तयार गर्दासम्म पछिल्लो एक्युआई तथ्याङ्कअनुसार संसारका १० शीर्ष प्रदूषित सहरको सूची यसप्रकार छ ।

१०. भियतनाम, हनोई

भियतनामको हनोईमा हालसालै १ सय ५४ एक्युआई रहेको पाइएको छ । जसअनसार यहाँ बसोबास गर्ने श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरू, बालबालिकालगायत सामान्य वयस्कलाई पनि समस्या हुन सक्छ ।

९. दक्षिण कोरिया, इन्चियोन

दक्षिण कोरियाको इन्चियोनमा हालसालै १ सय ५७ एक्युआई रहेको पाइएको छ । जसअनुसार यहाँ बसोबास गर्ने श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरू, बालबालिका लगायत सामान्य वयस्कलाई पनि समस्या हुन सक्ने देखिन्छ ।

८. भारत, मुम्बई

भारतको मुम्बईमा पनि हालसालै १ सय ५७ एक्युआई रहेको पाइएको छ ।

७. म्यानमार, याङ्गुन

म्यानमारको याङ्गुनमा हालसालै १ सय ६० एक्युआई रहेको पाइएको छ ।

६. भारत, दिल्ली

भारतको दिल्लीमा हालसालै १ सय ६१ एक्युआई रहेको पाइएको छ ।

५. भारत, कलकत्ता

भारतको कलकत्तामा हालसालै १ सय ६७ एक्युआई रहेको पाइएको छ ।

४. बङ्गलादेश, ढाका

बङ्गलादेशको ढाकामा हालसालै १ सय ७० एक्युआई रहेको पाइएको छ ।

३. पाकिस्तान, लाहोर

पाकिस्तानको लाहोरमा हालसालै १ सय ७३ एक्युआई रहेको पाइएको छ ।

२. नेपाल, काठमाडौं

नेपालको काठमाडौंमा हालसालै २ सय ६६ एक्युआई रहेको पाइएको छ । जसअनुसार लामो समयसम्म यस्तो वातावरणमै रहने हो भने सामान्य व्यक्तिलाई सास फेर्न असुविधा र हृदय रोग भएका मानिसहरूमा ठूलै समस्या उत्पन्न हुन सक्छ ।

१. चीन, संघाई

चीनको संघाईमा हालसालै ५ सय ७१ एक्युआई रहेको पाइएको छ, जसअनुसार यहाँको वातावरण एकदमै खतरनाक मानिएको छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested