जहाँ भक्तहरूले भगवानलाई बिँडी चढाउँछन्
नेपालमा धेरै मन्दिरहरू छन् । यहाँका धेरै मन्दिरहरू आ–आफ्नै विशेष कारणले प्रसिद्ध छन् । भगवानलाई खुसी पार्न भक्तहरूले मन्दिरमा सरसफाइ, पूजाअर्चना र विभिन्न चिजहरू चढाउँछन् ।
तर, आज हामी यस्तो अनौठो मन्दिरको बारेमा बताउन गइरहेका छौँ, जहाँ भगवानलाई प्रसाद नभई बिँडी चढाइन्छ । आउनुहोस्, यस मन्दिरको बारेमा केही जानकारी लिऔँ ।
१४ सय फिट अग्लो पहाडमा अवस्थित यस मन्दिरको नाम ‘मुसहर्वा मन्दिर’ हो । यो बिहारको कैमुर जिल्लाको धगवानपुर ब्लकमा १४०० फिट अग्लो पहाडमा अवस्थित छ । भक्तहरूले आफ्नो शुभयात्राको लागि मुसर्वा बाबालाई बिँडी चढाउँछन् । पहाड चढ्नुअघि र पछि यस मन्दिरमा बिँडी चढाउने गरिन्छ ।
यहाँ पहाड चढ्नुअघि र आरोहणपछि मुसर्वा बाबालाई बिडी चढाए सबै प्रकारका बाधाहरू हटी सुरक्षित यात्रा हुन्छ भन्ने जनविश्वास रहेको छ । बिँडी नहुने भक्तजनले भने बिँडी किन्न पुग्ने पैसा दानपेटीमा हालेर जान्छन् । अघोर जाने यात्रु पनि यही बाटो भएर जाने गरेका छन् ।
यो पनि…
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य