English

जब तमोर तरेर पुग्यो गाडी



ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेपछि गाउँ-गाउँमा यातायात सेवा पुगेको छ । फक्ताङ्लिङ गाउँपालिका भौगोलिका हिसाबले ठूलो, विकट र हिमाली क्षेत्रमा पर्दछ । तमोर नदीको दुई किनारमा यो गाउँपालिका विभाजित भएको छ ।

वडा नं १ सावा दिन, वडा नं २ खेजेनिम, वडा नं ४ ईखाबु र वडा नं ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ । यस्तै वडा नं ३ लिङखिम र वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पर्दछ । एक गाउँबाट अर्को गाउँ आवत-जावत गर्न तमोर नदी तर्नुपर्दछ ।

अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएको छ । गाउँ-गाउँमा सडक सञ्जालले जोडिए पनि मोटरेवल पुलको अभावमा समस्या झेलिरहेका बासिन्दाका लागि गाउँपालिकाले तमोर नदीमा ४ वटा अस्थायी काठे मोटरेवल पुल निर्माण गरेको जनाएको छ । सो पुल निर्माण भएपछि अहिले गाउँ-गाउँमा यातायात सेवा पुगेको गाउँपालिकाले जनाएको छ । यसअघि पक्की मोटरेवल पुलको अभावमा स्थानीयवासी तमोर नदीको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए ।

पक्की मोटरेबल पुल निर्माण नभएसम्म गाउँपालिकाले विगत चार वर्षदेखि अस्थायी काठे मोटरेवल पुल निर्माण गरेर गाउँ-गाउँमा गाडी पुर्‍ययाउँदै आएको छ । घर-आँगनमा गाडी आइपुग्दा स्थानीयवासी निकै खुसी भएका छन् । तमोर नदीमा तीन वर्षदेखि चार ठाउँमा अस्थायी मोटरेवल पुल निर्माण गरेर स्थानीयवासीलाई यातायातको पहुँच पुर्‍याइरहेको फक्ताङलुङ गाउँपालिकाले यो वर्ष फक्ताङलुङ-१ सावादिन र पक्ताङलुङ-३ लिखिम जोड्ने तमोर नदीमा रु तीन लाख ७५ हजारमा अस्थायी काठे मोटरेवल पुल स्थापना गरेको छ ।

पुल निर्माण भएपछि अहिले गाउँ-गाउँमा यातायात सेवा पुगेकोको छ । घर-आँगनमा गाडी आइपुग्दा स्थानीयवासी निकै खुसी भएका छन् । यसअघि पक्की मोटरेवल पुलको अभावमा स्थानीयवासी तमोर नदीको जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए ।

यो पुल सञ्चालमा आएपछि फक्ताङलुङ गाउँपालिकाको वडा नं १ र २ का ९०१ घुरधुरीका परिवारले यातायातको सेवा पाएका छन् । फलस्वरूप आवश्यक खाद्यान्न सामग्री ढुवानी गर्नेदेखि दैनिक आउ-जाउ गर्न निकै सहज भएको स्थानीयवासीको भनाइ छ ।

फक्ताङलुङ-५ छिरुवा र फक्ताङलुङ-४ इखाबु गाउँ जोड्ने तमोर नदीमा पनि रु ३ लाख ७५ हजारमा अस्थायी काठे मोटरेवल पुल निर्माण भएको छ । यो पुल सञ्चालनमा आएपछि फक्ताङलुङ का इखाबु गाउँका ४२२ घरधुरीका परिवारले प्रत्यक्ष लाभावित भएका छन् । फक्तालुङ गाउँपालिकाको केन्द्र तापेथोकदेखि फक्ताङलुङ-६ साँघु जोड्ने तमोर नदीमा स्थायी मोटरेवल पुल गाउँपालिकाले स्थापना गरेको छ ।

यो पुल सञ्चालन भएपछि साँघु गाउँको र फेम्बु अन्य गाउँका ३ सय घरपरिवारले यातायात सेवाबाट प्रत्यक्ष लाभ लिनेछन् । तापेथोक र लेलेप जोड्ने रानी पुलमा बनेको अस्थायी काठे मोटरेवल पुल सञ्चालनमा आएपछि लेलेप, लुङथुङ, सेकाथुम फले, ग्याप्ला, घन्सा र फक्ताङलुङ-७ ओलाङचुङ गोलाका गरी २९९ घर-परिवारले प्रत्यक्ष यातायातको सेवाबाट लाभ लिनेछन् ।

स्थानीय सरकारको अनुभूति दिलाउन प्रत्येक गाउँमा गाडी पुर्‍याउन आवश्यक बजेट विनियोजन गरेर तमोर नदीमा रु तीन लाख ७५ हजारका दरले कुल रु १५ लाखको लागतमा चार वटा अस्थायी काठे मोटरेवल पुल स्थापना गरेको फक्ताङलु गाउँपालिका अध्यक्ष सरोज लिम्बुले बताए ।

स्थानीय सरकारको अनुभूति दिलाउन फक्ताङलुङ गाउँपालिकाले पक्की मोटरेवल पुल निर्माण नभएसम्म प्रत्येक गाउँ-गाउँसम्म गाडी पुर्‍याउनका लागि तीन वटा अस्थायी काठे मोटरेवल पुल स्थापना गरेको गाउँपालिका प्रवक्ता छेतेन लामाले बताए ।



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित