यौन सम्पर्कपछि ध्यान दिनुपर्ने यी कुराहरू
प्रायः मानिसहरू सेक्सपछि तरुन्तै सुत्ने् गर्छन् । तर, यौन सम्पर्कपछि महिलाहरू पार्टनरबाट अझ बढी माया मिल्ने आशामा रहेका हुन्छन् । यौन सम्पर्कलगत्तै उनीहरू पार्टनरको काखमा सुत्न रुचाउँछन् ।
विभिन्न सर्भेका अनुसार यौन सम्पर्कलगत्तै महिलाले पार्टनरबाट अझ बढी माया मिल्ने आशामा उनीहरूको काखमा सुत्न रुचाउँछन् भने पुरुषहरू सुत्न थाल्छन् । तर, यौन सम्र्पकपछि काखमा सुत्नुको सट्टा केही महत्वपूर्ण कुरामा ध्यान दिन जरुरी छ, जान्नुहोस् ।
तुरुन्त पिसाब फेर्नु
यौन सम्पर्कपछि तुरुन्तै पिसाब फेर्नुपर्छ । सेक्सपछि पिसाब फेर्दा युरिनरी इन्फेक्सन हुने सम्भावना निकै कम हुन्छ । यौन सम्पर्कपछि पिसाब गर्दा योनीभित्र ब्याक्टेरिया बढ्ने सम्भावना पनि कम हुन्छ ।
गुप्तांगको सफाइ
यौन सम्पर्कपछि आउने पसिना र अन्य पदार्थका कारण गुप्तांगमा ब्याक्टेरियाको आश्रयस्थल बन्छ । यस्तो अवस्थामा सफा नगरी सुत्दा इन्फेक्सन निम्तिन सक्छ । त्यसैले, यौनसम्पर्कपछि सफा पानीले नुहाउन्पर्छ ।
भित्री वस्त्र फेर्नु
यौनसम्पर्कपछि सफा गरी भित्री वस्त्र फेर्नुपर्दछ । किनकि, पसिना र अन्य फोहोरका कारणले गर्दा ब्याक्टेरिया वृद्धिको सम्भावना बढाउँछ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?