यौन सम्पर्क गर्दा अपनाउनुहोस् यी तरिकाहरू
स्वस्थ यौन जीवनले जोडीलाई खुसी मात्र राख्दैन, नियमित यौन सम्र्पकले उनीहरूको आयु पनि बढाउँछ । नियमित यौन सम्र्पक गर्दा हर्माेनको स्तर र मस्तिष्कको शक्ति मात्र नभएर यसले मुटुको लागि पनि फाइदा गर्छ । स्वस्थ यौन जीवन र उमेरसँग कत्तिको नजिक छ त जानौँ ।
आयुमा वृद्धि
नियमित यौन सम्पर्कले खुसीसँगै उमेर बढाउँछ । यौनजीवनमा संख्याभन्दा यौन सन्तुष्टि महत्वपूर्ण हुन्छ । चरम सुख प्राप्त गर्नाले रोगसँग लड्ने क्षमता २० प्रतिशतले बढ्छ । यति मात्र होइन हप्तामा दुईपटक चरम उत्तेजित हुने महिलामा मुटु रोगको जोखम ३० प्रतिशतले कम हुन्छ जसले आयुमा वुद्धि गराउँछ ।
डिप्रेसनबाट मुक्त
यौन सम्पर्कका बेला जोडीहरूले मायाले अँगालोमा बेर्दा उनीहरूको रोमान्सलाई मात्र नभएर यसले दीर्घायुसँग जोडिएको हुँदा बोन्डिङ हर्माेन अक्सिटोनिसको स्राव पनि बढाउँछ । अनुसन्धानले यो पनि प्रमाणित गरेको छ कि बढ्दो उमेरसँगै अक्सिटोनिस हर्माेनले दम्पतीलाई खतरनाक रोग र डिप्रेसन हुनबाट पनि बचाउँछ ।
रोग प्रतिरोधात्मक क्षमता
तपाईं यौन क्रियामा जति सक्रिय हुनुहुन्छ, त्यत्तिकै स्वस्थ रहनुहुनेछ । अनुसन्धानका अनुसार हप्तामा तीनपटक यौनसम्र्पक गर्ने पुरुषमा हृदयाघात र स्ट्रोक को जोखिम ५० प्रतिशतले कम हुन्छ । यसको अलावा खुसी र सकारात्मक सोचले आयु पनि बढ्छ । नियमित सेक्सले ‘एन्डोर्फिन’ नामक फिल गुड हर्माेन उत्र्सजन गर्छ । जसले तपाईंलाई खुसी र तनावमुक्त राख्छ ।
रक्तसञ्चारमा फाइदा
नियमित यौनसम्र्पकले रक्तसञ्चारलाई राम्रो बनाउँछ, माशंपेशीको टोन कायम राख्छ र तपाई जवान देखिनुहुन्छ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?