फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन २ गते सोमबार एक किलोग्राम गोलभेंडाको मूल्य ७६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २७ रूपैयाँ ५० पैसा तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६५ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ४५ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको ४० मूल्य, रातो मूला ४३ रूपैयाँ ३३ पैसा, सेतो मूल १२ रूपैयाँ ५० पैसा, भन्टा ६६ रूपैयाँ ६७ पैसा, मटरकोशा ७६ रूपैयाँ ६७ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११० रूपैयाँ तोकेको छ ।
एक किलोग्राम सुन्तलाको मूल्य १७० रूपैयाँ तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २२५ तोक्दा हरियो अंगुरको मूल्य १३५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ११० रूपैयाँ तोकिएको छ ।
यो पनि
कोरोना नियन्त्रणमा २३ अर्ब बढी खर्च