५२१ जनामा संक्रमण हुँदा ३,९३५ जना निको
नेपालमा थप ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार ९ सय ३५ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय १५ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । जमसमा काठमाडौंमा ९७, भक्तपुरमा ९ र ललितपुरमा ४४ संक्रमित थपिएका हुन् । यसैगरी, पछिल्लो २४ घन्टामा थप १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ९२ पुगेको छ ।
नेपालमा हाल २२ हजार ५ सय ८४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा २१ हजार ६ सय ९२ जना संक्रमित होम आइसोलेसन र ८ सय ९२ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, १ सय ८१ संक्रमितको आईसीयु र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?