‘पढाइप्रति सन्तुष्ट हुन सकिनँ’
चितवन, भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित अन्नपूर्ण माध्यमिक विद्यालयबाट मैले २०४९–५० मा एसएलसी (एसईई) दिएँ । यो समयमा परीक्षा दिएको ६ महिनापछि नतिजा प्रकाशित हुन्थ्यो । एक वर्षको अन्तरालपछि प्लस टु भर्ना हुन पाइन्थ्यो । नतिजा हेर्नका लागि दुई घण्टा लाग्ने २० किलोमिटरको बाटो ४५ मिनेटमै साइकल चलाएर पुगेको थिएँ । नवीन रेग्मी, तारा चापागाईं र म तीन जना थियौँ । नतिजा हेर्ने स्थानमा धेरै भिड रहेकाले हेर्न मुस्किल थियो ।
एक जनाको नतिजा हेरेबापत १ रुपियाँ दिनुपथ्र्यो। तीन जनाको नाम र सिम्बोल नम्बर लेखेर दियौँ । तर, एक जना मात्र पास भएको थाहा भयो । तैपनि, दुःख लागेन । त्यो बेला हलमा गएर चलचित्र खुब हेरिन्थ्यो । हामी पनि ‘जिगर’ फिल्म हेर्न गयौँ । घर फर्किंदा नारायणगढको बेलचोकमा नतिजा प्रकाशित भएको पत्रिका पायौँ । पत्रिका हेर्दा हामी तीनै जना पहिलो श्रेणीमा पास भएका रहेछौँ, त्यसपछि खुसीको सीमा नै रहेन ।
महिना दिनसम्म वीरेन्द्र बहुमुखी क्याम्पसमा साइन्समा भर्ना नभई पढेँ, तर यो विषय चित्त बुझेन । त्यसपछि, बालकुमारी कलेजमा व्यवस्थापन संकाय (आईकम) मा भर्ना भएँ ।
नतिजा राम्रो भएकाले विज्ञान विषय पढ्ने चलन थियो । जसका लागि महिना दिनसम्म वीरेन्द्र बहुमुखी क्याम्पसमा साइन्समा भर्ना नभई पढेँ, तर यो विषय चित्त बुझेन । त्यसपछि, बालकुमारी कलेजमा व्यवस्थापन संकाय (आईकम) मा भर्ना भएँ ।
पढ्नका लागि कक्षामा त बस्थेँ, तर मेरो ध्यान पढाइमा हुँदैनथ्यो । आफूले पढेको विषयमा रुचि नै थिएन । परीक्षा फारम भर्ने समयमा एक जना साथीले प्राइभेट परीक्षा फाराम भर्ने कुरा गर्यो । कक्षा नलिएको मैले आफ्ना लागि पनि फाराम भर्न लगाएँ । जुन मानविकी संकाय (आईए) थियो । व्यवस्थापन र मानविकी विषय दुवैको परीक्षा दिएँ । तर, पहिलो वर्ष परीक्षामा मानविकीको गणित र व्यवस्थापनको अकाउन्ट विषय जुध्यो । व्यवस्थापनमा नियमित भएकाले अकाउन्टको परीक्षा दिएँ । अर्को वर्ष मानविकीको परीक्षा दिएँ । भाग्यवश, दुवै संकायमा पास हुन सफल भएँ ।
परीक्षापछि पाँच महिना काठमाडौं बसेँ । जमलस्थित सिर्जना आर्ट ग्यालरीमा चित्र बनाउन सिकेँ । चितवनको विभिन्न ठाउँमा एक्लै चित्रकला प्रदर्शन गरेँ ।
परीक्षापछि पाँच महिना काठमाडौं बसेँ । जमलस्थित सिर्जना आर्ट ग्यालरीमा चित्र बनाउन सिकेँ । चितवनको विभिन्न ठाउँमा एक्लै चित्रकला प्रदर्शन गरेँ । चितवन महोत्सवबाट चित्रकलामा पुरस्कार पनि प्राप्त गरेको छु ।
कक्षा ११ र १२ को नतिजापछि चितवनकै शहीद स्मारक कलेजमा मानविकी संकायमा स्नातक तह भर्ना भएँ । बिहानको कक्षा थियो । प्याराइज बोर्डिङ स्कुलको शिक्षक पनि थिएँ । बिहान आफ्नो कलेज र दिउँसो पढाउने काम तीन महिनासम्म गरेँ । यही क्रममा अन्नपूर्ण माध्यमिक विद्यालयमा शिक्षकको दरबन्दी खुल्यो । त्यहाँ करिब ६ वर्ष काम गरेँ ।
औपचारिक पढाइमा मलाई कहिले पनि रुचि भएन । त्यसैले, होला म आफ्नो पढाइप्रति सन्तुष्ट नै हुन सकिनँ । कलेजमा जति रमाइलो गर्नुपर्ने हो त्यति गरिनँ ।
औपचारिक पढाइमा मलाई कहिले पनि रुचि भएन । त्यसैले, होला म आफ्नो पढाइप्रति सन्तुष्ट नै हुन सकिनँ । कलेजमा जति रमाइलो गर्नुपर्ने हो त्यति गरिनँ । स्नातक तहमा चित्रकला, कविता, कथाका लागि मेरो गुरु कवि गोविन्दराज विनोदीले प्रोत्साहन गर्नुभयो । अहिले पनि उहाँले सहयोग गरिरहनुभएको छ ।
स्नातक तहको अध्ययन गर्दा हामी हेटौँडाको शहीद स्मारकमा पिकनिक गएका थियौँ । त्यहाँको यात्रा अविस्मरणीय छ । प्लस टुका साथीहरूलाई लिएर गएका थियौँ । सबै व्यवस्थाको जिम्मेवारी मेरै थियो । दिनभरिका लागि गएको पिकनिक अर्को दिन बिहान फर्केका थियौँ । बस बिग्रेकाले चालकले बिस्तारै गुडायो । पिकनिक थलोे पुग्दा पकाएर खाना मात्र सक्यो, रमाइलो गर्नै पाएनौँ । फर्किंदा बस चालकले आफ्नै घरमा लिएर गयो । त्यहाँ रातभरि बसेर बिहान ७ बजे मात्र कलेज पुगेका थियौँ ।
अर्थशास्त्र र नेपाली विषय लिएर चितवनकै वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर भर्ना भएँ । स्नातकोत्तर पढ्दासम्म शिक्षण पेसामै थिएँ । स्नातकोत्तर उत्तीर्ण भई २०६२–०६३ को जनआन्दोलनमा काठमाडौं आएँ ।
अर्थशास्त्र र नेपाली विषय लिएर चितवनकै वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर भर्ना भएँ । स्नातकोत्तर पढ्दासम्म शिक्षण पेसामै थिएँ । स्नातकोत्तर उत्तीर्ण भई २०६२–०६३ को जनआन्दोलनमा काठमाडौं आएँ । यहाँ आएपछि सानैदेखि रुचि भएको लेखन कार्यलाई निरन्तरता दिएँ ।
यो पनि…
‘मार्कसिट सच्याउन काठमाडौं आउँदा कलेज भर्ना भएँ’
र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’