शनिबार कुन फलफूल र तरकारीको मूल्य कति ? [सूचीसहित]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिकाअनुसार आज माघ २९ गते शनिबार एक किलोग्राम गोलभेंडाको मूल्य ७६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २७ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६३ रूपैयाँ ६० पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ४५ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको ५५ मूल्य, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूल १२ रूपैयाँ ५० पैसा, भन्टा ६६ रूपैयाँ ६७ पैसा, मटरकोशा ६५ रूपैयाँ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ९६ रूपैयाँ ६७ पैसा तोकेको छ ।
एक किलोग्राम सुन्तलाको मूल्य १५० रूपैयाँ तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य ३५० तोक्दा हरियो अंगुरको मूल्य १५० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य १२० रूपैयाँ तोकिएको छ ।