English

डेलिभरी भएको कति समयपछि महिनावारी हुन्छ ?



सामान्य डेलिभरी र सिजरियन सेक्सन गरी सुत्केरी गराउने दुई विधि रहेका छन् । सिजरियन र सामान्य डेलिभरी भएको कति समयपछि महिनावारी हुन्छ वा गर्भ रहन्छ भन्ने कुराको जानकारी धेरैलाई नहुन सक्छ । सामान्य लागे पनि यो एकदमै महत्वपूर्ण विषय हो ।

गर्भावस्थाका बेला शरीरमा इस्ट्रोजेन, प्रोजेस्ट्रोन भन्ने हर्मोनहरूको विकास एकदमै धेरै भएको हुन्छ । र, नर्मल होस् या सिजरियन, डेलिभरी भएपछि ती हर्मोनहरू शरीरमा एकदमै कम हुन्छ ।

डेलिभरी भएको कति समयपछि महिनावारी हुन्छ भन्ने ठ्याक्कै न तोकिए पनि सामान्यतया डेलिभरीपछिको महिनावारी कति समयको अन्तरालमा हुन्छ भन्ने कुरा स्तनपानले निर्धारण गर्छ । स्तनपान गराउने महिलाहरू स्तनपान नगराउने महिलाको तुलनामा ढिलो महिनावारी हुन्छन् ।

स्तनपान गराउँदा प्रोलायाक्टिन नामक हर्मोन शरीरमा बढी मात्रामा हुने हुँदा स्तनपान गराउने महिलाहरूमा अलि लामो समयसम्म महिनावारी नहुन सक्छ ।

स्तनपान गराउँदा प्रोलायाक्टिन नामक हर्मोन शरीरमा बढी मात्रामा हुने हुँदा स्तनपान गराउने महिलाहरूमा अलि लामो समयसम्म महिनावारी नहुन सक्छ ।

स्तनपान नगराउने महिलाहरू छिटो महिनावारी हुन्छन् र गर्भवती हुने चान्स पनि धेरै हुन्छ ।

जो महिलाहरूको बच्चाको चाहनाअनुसार दुई–दुई घन्टाको अन्तरालमा स्तनपान गराउँछन् भने लगभग ६ महिनासम्म महिनावारी हुँदैन । स्तनपानले नै गर्भनिरोधकको काम गर्छ ।

डेलिभरीपछि देखिने केही जटिलता

– हर्मोनल गडबडीको कारणले डेलिभरीपछि केही महिनावारी गडबडीजस्ता समस्याहरू देखिन सक्छ ।

– केही महिलाहरूलाई डेलिभरीको समयमा एकदमै धेरै रगत बगेको खण्डमा त्यसको असरस्वरूप स्तनपान नै गराउन नसक्ने, महिनावारी नै सुकेर जाने जस्ता समस्या पनि देखिन सक्छ ।

– नगण्य मात्रामा केही महिलाहरूलाई डेलिभरीपछि बारम्बार रक्तश्राव भइरह्यो भने गर्भाअवस्थामा रहेको सालमा भएको टिस्युहरू शरीरमा बाँकी नै रही हर्मोन उत्पादन भएर क्यान्सर नै पनि हुन सक्छ ।

– अत्यधिक रक्तश्राव भएको छ, वा बारम्बार रक्तश्राव भइरहन्छ भने अन्य कारणले पनि त्यो समस्या भएको हुन सक्छ । त्यसैले, हेलचेक्र्याइँ नगरी समयमै चिकित्सकको सल्लाह लिनुपर्छ ।

यो पनि…
जोर्नी दुख्छ ? बन्दागोभीले गर्छ औषधिको काम
यस्ता छन् स्तन क्यान्सर पत्ता लगाउने तरिका



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested