एक गाग्री पानी भर्न बिहानभरि उकालो–ओरालो
ठाडो उकालो, पिठ्युँमा डोको, डोकोमा गाग्रीभरि पानी, पानीमाथि तीन वर्षकी छोरी बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता छ घोराही उपमहानगरपालिका–१९ खोलीगाउँका महिलाको । एक गाग्री पानी लिन जाँदा उनीहरूको बिहानभरको समय त्यतै बित्ने गर्छ ।
एउटै मुहानको पानी प्रयोग गर्ने ३१ परिवार छन् । घोराही बजारबाट बढीमा नौ किलोमिटरको दूरीमा रहेको विकट क्षेत्र खोलीगाउँ पानी नपाएर छट्पटिएको छ । सहजरूपमा पानी पाउन सकिँदैन ।
सानो धारो आउँछ, दुई दिनमा एक दिन मात्रै पानी आउँछ । एक दिन पानीको जोहो गर्न सकिएन भने अर्को दिन खानेपानीको हाहाकार हुन्छ’, खोलीगाउँकी लक्ष्मी घर्तीले भनिन् ।
सानो धारो आउँछ, दुई दिनमा एक दिन मात्रै पानी आउँछ । एक दिन पानीको जोहो गर्न सकिएन भने अर्को दिन खानेपानीको हाहाकार हुन्छ’, खोलीगाउँकी लक्ष्मी घर्तीले भनिन् । पानी नहुँदा बालबालिकाले नुहाउन पाएका छैनन्, सरसफाइमा पनि बाधा पुगेको छ ।
गाईबस्तुलाई खुवाउनु र तरकारी खेती गर्नु त परको कुरा हो । व्यवस्था फेरिए पनि अवस्था फेरिएको छैन । गाउँबासीले डोकोमा एक घण्टा ठाडो उकालोबाट पानी बोकेरै दैनिक गजारा चलाउनुपरेको उनले बताए ।
सिमको संकलित पानीले यहाँका गाउँलेले दैनिक गुजारा गर्दै आएका छन् । एक गाग्री पानी भर्न एक घण्टा लाग्छ । त्यहाँ खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य सेवा र सहज बाटोघाटो पनि छैन । ‘गाउँमा विद्यालय छैन, बालबालिकालाई सहजरूपमा विद्यालय पठाउन कठिन छ’, स्थानीय विपना पुन मगरले भनिन् । पानी आउन छाड्यो भने मुहानसम्म पुग्नै एक दिन लाग्छ । जसोतसो ल्याएको पानी मुस्किलले तीन घण्टा आउँछ, त्यो पानी पनि आलोपालो भर्नुपर्ने बाध्यता छ ।
गाउँमा पानीको पीडा भोग्दै आएका यहाँका धेरै बासिन्दाकोे दैनिक गुजाराका लागि पानीकै समस्या छ । वर्षौंदेखि डोकोमा गाग्री राखेर पानी बोक्दाबोक्दै कति नाम्लोका डोरी चुँडिए, कति डोका फाटे तर पानी अझै सहज हुनसकेको छैन ।
गाउँमा पानीको पीडा भोग्दै आएका यहाँका धेरै बासिन्दाकोे दैनिक गुजाराका लागि पानीकै समस्या छ । वर्षौंदेखि डोकोमा गाग्री राखेर पानी बोक्दाबोक्दै कति नाम्लोका डोरी चुँडिए, कति डोका फाटे तर पानी अझै सहज हुनसकेको छैन ।
एक गाग्री पानी लिएर घर पुग्दा सबैलाई ठूलै युद्ध जितेजस्तै हुन्छ । खोली गाउँका सुकमती पुन गरुले तीन घण्टा समय खर्चेर गाग्रीमा पानी लिएर आउने गरेको बताइन् । खोलीगाउँका सबैले पुस्तौंदेखि खानेपानीका लागि यसरी नै सङ्घर्ष गर्दै आएका छन् । घरमा साना नानी छन्, घरको काम हतारहतार सकेर पानी लिन धारोमा पुग्नुपर्छ । ढिलो गए धारो सुक्छ, दुई दिनसम्म पानी भर्न पाइँदैन ।
स्थानीयवासीले जनश्रमदान गरेर बनाएको पानीको स्रोत विसं २०७२ को भूकम्पले धक्का दिएपछि मूलबाट पानी आउन छोडेको छ । बिहान–बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती किसान गर्नसमेत समस्या हुने गरेको छ । पानीको समस्याले गाउँलेले धेरै दुःख पाएको र चुनावका बेलामा सबैले यो गर्छौं त्यो गर्छाैं भने पनि आफूहरूले कतैबाट सहयोग नपाएको स्थानीयको गुनासो छ ।
बिहान–बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती किसान गर्नसमेत समस्या हुने गरेको छ । पानीको समस्याले गाउँलेले धेरै दुःख पाएको र चुनावका बेलामा सबैले यो गर्छौं त्यो गर्छाैं भने पनि आफूहरूले कतैबाट सहयोग नपाएको स्थानीयको गुनासो छ ।
पानी नभएकै कारण महिनौँसम्म नुहाउन पनि नपाएको त्यहाँका बासिन्दाले बताए । यस क्षेत्र सदियौँदेखि बसेको बस्ती हो । यहाँको आयआर्जनको स्रोत खास केही छैन । अन्न बाली लगाए जंगली जनावरले सखाप पारिदिन्छ । अदुवा, बेसार मुस्किलले उब्जन्छ । त्यही बेचेर चामल किनेर खानुपर्ने अवस्था रहेको अर्का स्थानीयवासी देवबहादुर पुनले बताए ।
बलिया र जवान युवामध्ये कोही कामको खोजीमा सहर पसेका छन् भने कोही भारत पुगेका छन् । उनीहरूले कमाएर पठाउने पैसाले खाने, बालबच्चा तथा परिवारको लालनपालन, शिक्षादीक्षा, उपचार खर्च चलाउने गरिएको र अन्य आधारभूत सुविधा नपाएको स्थानीयवासीको दुःखेसो थियो ।
घर खर्च चलाउन आफूहरूले पालेका कुखुरा तथा बाख्रापाठाले घरको गर्जाे टार्नुपरेको छ । बालबालिका बिरामी परे घोराही बजार झर्नुपर्ने अवस्था छ । वडा कार्यालयले सैघामा स्वास्थ्य संस्थामार्फत आधारभूत स्वास्थ्य सेवा दिए पनि त्यहाँ पुग्न पनि तीन घण्टा लाग्ने गरेको गाउँलेको भनाइ थियो ।
घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष हर्कबहादुर घर्ती नागरिकको आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै लगिएको बताउँछन् ।
घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष हर्कबहादुर घर्ती नागरिकको आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै लगिएको बताउँछन् । पानीका लागि पाइप ल्याइएको छ । तर, त्यसलाई व्यवस्थित गर्न बाँकी छ, सबैलाई सहजरूपमा सेवा दिन भूगोल र बजेट बाधक रहेको उहाँको भनाइ थियो । विकासका काम विस्तारै हुने भएकाले केही समय लागेको हो, उनले भने ।
यो पनि…
सामुदायिक वनमा भएको कर वृद्धिले उपभोक्ता मारमा
मैयादेवी कन्या क्याम्पस : आर्थिक अभावदेखि देशकै उत्कृष्टसम्म