English

के सभामुखविरुद्ध महाअभियोग लगाउन मिल्छ ?



अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी) प्रस्ताव प्रतिनिधिसभामा टेबल गर्ने विषयलाई लिएर अहिले सभामुख अग्निप्रसाद सापकोटा विवादमा तानिएका छन् । सरकारको चाहना अनुसार उनले एमसीसी प्रस्ताव संसदमा टेबल गर्न नमानेपछि उनी विवादमा तानिएका हुन् ।

त्यसो त अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पनि उनले एमसीसी प्रस्ताव संसदमा टेबल गर्न मानेका थिएनन् । लोकतान्त्रिक तथा संसदीय व्यवस्थाको मूल्य मान्यता अनुसारभन्दा पनि आफ्नो इच्छाअनुसार संसद चलाउन खोजेको आरोप सापकोटामाथि लागेको छ ।

सापकोटा नेपाल कम्युनिस्ट पार्टी विभाजन नहुँदै सोही पार्टीको प्रस्तावमा सभामुख भएका थिए । पार्टी एकीकरण हुनुअघि उनी नेकपा (माओवादी केन्द्र) मा आवद्ध थिए । अदालतको आदेश पश्चात एमाले र माओवादी अलग भएका थिए ।

अहिले माओवादी एमसीसी प्रस्ताव संसदमा टेबल नगर्ने पक्षमा उभिएको छ, जसले सत्तारुढ गठबन्धन भित्र फाटो समेत ल्याएको छ । सभामुख सापकोटाले माओवादीको इच्छा अनुसार संसदमा एमसीसी प्रस्ताव टेवल गर्न आनकानी गरेको सत्तारुढ गठबन्धनकै नेताहरुले बताउँदै आएका छन् ।

अहिले माओवादी एमसीसी प्रस्ताव संसदमा टेबल नगर्ने पक्षमा उभिएको छ, जसले सत्तारुढ गठबन्धन भित्र फाटो समेत ल्याएको छ । सभामुख सापकोटाले माओवादीको इच्छा अनुसार संसदमा एमसीसी प्रस्ताव टेवल गर्न आनाकानी गरेको सत्तारुढ गठबन्धनकै नेताहरुले बताउँदै आएका छन् ।

सभामुख सापकोटाकै कारण अहिले एमसीसी प्रस्ताव संसदमा टेवल हुन सकेको छैन । एमसीसी प्रस्ताव संसदमा टेवल हुन नसके के हुन्छ भन्नेमा अहिले धेरैको चासो देखिन्छ ।

संसदको प्रमुख प्रतिपक्षी दल एमालेले त सभामुख हटाउने माग राखी कयौं दिनदेखि संसद अवरुद्ध गर्दै आएको छ । अहिले एमसीसी प्रस्ताव रोकिँदा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका नेताले समेत सभामुखलाई हटाउन पर्ने माग गर्न थालेका छन् । केहीले त सभामुखविरुद्ध महाभियोग प्रस्ताव लैजानुपर्ने मागसमेत गरेका छन् ।

के अहिलेको अवस्थामा सभामुखलाई हटाउन सम्भव छ त ? सभामुखविरुद्ध महाअभियोग प्रस्ताव संसदमा लैजान मिल्छ त ? भन्ने प्रश्नमा संविधान तथा कानूनविदहरुको एउटै तर्क छ– ‘सभामुखलाई महाअभियोग लगाएर हटाउन मिल्ने व्यवस्था संविधानमा छैन ।’ संविधानविद् भीमार्जुन आचार्य सभामुख सापकोटालाई महाअभियोग लगाएर हटाउन नमिल्ने तर दुई तिहाइ सांसदले चाहेमा भने हटाउन सक्ने बताउँछन् ।

‘संविधानमा सभामुखलाई महाअभियोग लगाउने व्यवस्था छैन । कार्यक्षमताको प्रश्न उठाएर दुई तिहाइ सांसदको समर्थनमा प्रस्ताव पारित गरी सभामुखलाई हटाउन सक्ने व्यवस्था छ,’ आर्चायले भने ।

अहिले प्रतिनिधिसभामा उपसभामुख पद रित्त छ । यदि सभामुखलाई हटाइए दुवै पद खाली हुनेछ । आचार्य थप स्पष्ट पार्छन्, ‘उपसभामुख नहुँदा पनि सभामुखलाई हटाउन सक्ने व्यवस्था संविधानमा छ ।’

अहिले प्रतिनिधिसभामा उपसभामुख पद रित्त छ । यदि सभामुखलाई हटाइए दुवै पद खाली हुनेछ । आचार्य थप स्पष्ट पार्छन्, ‘उपसभामुख नहुँदा पनि सभामुखलाई हटाउन सक्ने व्यवस्था संविधानमा छ ।’

कानूनविद रमेश बडालले पनि दुई तिहाई सांसदको समर्थनमा सभामुखलाई हटाउन सक्ने बाहेक अन्य कुनै व्यवस्था संविधानमा नभएको प्रष्ट पारे । बडालले भने, ‘सभामुखलाई महाअभियोग लाग्दैन तर पद अनुकूलको आचारण नगरेको भनेर दुई तिहाइ सांसदको समर्थनमा पदबाट हटाउन सकिन्छ ।’

यस्तै, पूर्वसभामुख दमननाथ ढुंगाना सभामुखलाई सरकारको विजनेश रोक्ने अधिकार नहुने बताउँछन् । सदनमा टेबल गर्न खोजिएका प्रस्तावहरू सभामुखलाई व्यक्तिगतरूपमा मन पर्नु वा नपर्नु फरक पाटो भएको तर मन नपरेकै कारण सदनमा टेबल गर्न रोक्नेसम्मको अधिकार भने नभएको उनको भनाइ छ ।

‘टेबल भएका प्रस्ताव प्रतिनिधि सभा सदस्यले समर्थन र विरोधमा पास वा फेल गराउन सक्छन् तर सभामुखले प्रस्ताव नै टेवल गर्न भने रोक्न मिल्दैन,’ पूर्वसभामुख ढुंगानाको बुझाइ छ, ‘सभामुखले क्षेत्राधिकार भन्दा बाहिरको कदम चाले प्रतिनिधिसभा सदस्यले नै उनलाई हटाउन सक्ने कानुनी व्यवस्था छ ।’

नेपालको संविधान, २०७२ को धारा ९१ को उपधारा ६ मा प्रतिनिधिसभाको सभामुख पद रित्त हुने अवस्थाबारे उल्लेख छ । संविधानअनुसार तीन वटा कारण सभामुख पद रित्त हुनसक्छ वा सभामुखलाई हटाउन सकिन्छ ।

नेपालको संविधान, २०७२ को धारा ९१ को उपधारा ६ मा प्रतिनिधिसभाको सभामुख पद रित्त हुने अवस्थाबारे उल्लेख छ । संविधानअनुसार तीन वटा कारण सभामुख पद रित्त हुनसक्छ वा सभामुखलाई हटाउन सकिन्छ ।

पहिलो, सभामुख भएको व्यक्ति प्रतिनिधिसभाको सदस्य नरहेमा, दोस्रो सभामुखले लिखित राजीनामा दिएमा, र तेस्रो सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा ।

यदि, सभामुखविरुद्ध पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्तावमाथि छलफल गर्नुपरे बैठकको अध्यक्षता प्रतिनिधिसभाको उपसभामुखले गर्ने व्यवस्था संविधानमा गरिएको छ ।

यो पनि
एमसीसीविरुद्ध साना दल एकजुट
एमसीसीबारे देउवा र प्रचण्डद्वारा लिखित ६ बुँदे गोप्य पत्रको खुलासा, के छ पत्रमा ?



सम्बन्धित खबरहरु

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली