ह्वात्तै बढे निको हुनेको संख्या
नेपालमा थप १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार ७ सय ४ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार २ सय ५१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । जमसमा काठमाडौंमा ४ सय १०, भक्तपुरमा ३२ र ललितपुरमा १ सय २४ संक्रमित थपिएका हुन् । यसैगरी, पछिल्लो २४ घन्टामा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय १४ पुगेको छ ।
नेपालमा हाल ४५ हजार २ सय ४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा ४३ हजार ९ सय ३२ जना संक्रमित होम आइसोलेसन र १ हजार ३ सय १६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, २ सय ६९ संक्रमितको आईसीयु र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?