यस्तो छ आज माघ २० गते तपाईंको राशिफल
२० माघ २०७८, बिहीबार। तद्नुसार ३ फेब्रुवरी २०२२। माघशुक्लपक्ष द्वितीया, तैतिल करण, परिध योग,शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा रहेको छ। आज बिहान ६ः५१ मा सूर्योदय भएको छ भने १७ः४५ मा सूर्यास्त हुनेछ। विहीबारको दिन अध्ययन अध्यापनमा समय खर्च गर्दा निकै फलदायी हुनेछ। आज विहान ११ः ५६ देखि १२ः३९ सम्म अभिजित मुहूर्त रहेको छ। १ः४० देखि ३ः०२ सम्म राहुकाल रहेको छ। भनिन्छ- राहुकाल रहेको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला। आजको देवता विश्वकर्मा र ग्रहदेव शनि रहेको छ। आज कुनै फलामको सामान खरिद गर्दा राम्रो हुनेछ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकले सामाजिक सेवामा काम गर्दै आउनुभएको छ भने तपाईंलाई मानसम्मान मिल्नेछ। तपाईंको स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट सम्मान प्राप्त हुने छ। आजको दिन तपाईंको मनमा खुसी छाउने छ। आजको दिनमा परिवारका सदस्यलाई कुनै नयाँ अध्ययन सामग्री खरिद गरेर दिनुहोला।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आज आकस्मिक धनलाभ हुनेछ। व्यापार ब्यबसायबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ। मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ। बंगलामुखी दर्शनले दाम्पत्य जीवनमा खुसियाली छाउने छ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ। घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ। त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ। राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ। अध्ययन अध्यापनमा मन लगाउनु होला। तपाईंको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ। त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : विहान सूर्योदयको दर्शन गर्नुहोला। तपाईंलाई अनावश्यक विवाद हुनसक्छ। आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला। अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आज यात्रा गर्नुपर्ने हुनसक्छ। आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ। आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ। स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : मानसिक असन्तोष र तपाईंले सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ। त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ। व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुन्छ। धैर्यको आवश्यकता हुन्छ। आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला। मनमा प्रसन्नता र उत्साह बढ्ने छ। तपाईंले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ। तपाईंको कामबाट सफलता प्राप्त हुनेछ। तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ। आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईंले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ। धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला। मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ। आजको दिन परिवारको सदस्यहरुबीच सम्बन्ध प्रगाढ हुनेछ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा अति प्रसन्नता छाउने छ। कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ। चन्द्रमाको साथ रहेको छ। विहान सूर्योदयको दर्शन गर्नुहोला। सामाजिक काममा मन जानेछ। तपाईंले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन्। आजको दिन कुनै नयाँ काम गर्न सक्नुहुनेछ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ। अध्ययन अध्यापनको क्षेत्रका कार्य डगर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक खरिद र लेखनका काम गर्नसक्नुहुन्छ। विद्यार्थी बर्गको लागि बिहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ।
यो पनि