English

सजिलो छैन भाङको नशा उतार्न !



होलीको अवसरमा कतिपयले भाङ मिसाएका विभिन्न परिकार खाएर थरी थरिका भावभङ्गी देखाउँदै यो पर्व मनाउने गर्छन् । भाङ खाएको सुरमा आफूले गरेको हरकत समेत थाहा पाउँदैनन् भने केही केही समयमै बिर्सने समेत गर्छन् । यो पर्वमा एकले अर्कालाई रङ्ग हालेर भाङ खाएर, खुवाएर मजा गर्ने चलन समेत रहेको छ ।

खाइरहेको मान्छेलाई अलि बढी खाएपछि नशा लाग्छ । यदि कहिल्यै खाएको छैन, होलीको मौकामा चाखौँ न त भनेर खायो भने थोरैले पनि नशा लाग्छ । मदिरा लगायत नशा सेवन गर्ने बानी छ वा छैन त्यसमा पनि भर पर्छ ।

कुनै पनि व्यक्तिले भाङको सेवन गरेपछि उसको व्यवहार, मानसिकता, बोलीचालीमा केही बेरमै परिवर्तन देखा पर्छ । भाङ खाएको केही समयमै मतिष्कले शरीरमा नशाको आभास गराएर विभिन्न गतिविधि गराउन थाल्छ । डराउने खालको प्रवृत्ति पनि देखा पर्छ । भाङ सेवन गर्ने व्यक्तिमा एक किसिमको भ्रम देखा पर्छ । जस्तो डर लाग्न सक्छ । र, एकदमै विचलित समेत बनाउन सक्छ । कोही यताउता भाग्ने हुन सक्छ । धेरै खाए पछि व्यक्तिले वरपर के हुदैँछ भन्ने आङ्कलन गर्न नसक्ने पनि हुन सक्छ ।

कुनै पनि नशा उतार्नका लागि कुनै एन्टिडोट हुनुपर्छ । नशालु पदार्थको एन्टिडोट हुन्छ, त्यो एन्टिडोट नशालु पदार्थमा मात्र दिन सकिन्छ । तर भाङ र गाँजाको कुनै एन्टिडोट हालसम्म छैन ।

मान्छेले भाङ खाइसकेपछि नशा कति समयसम्म हुन्छ, ठ्याक्कै भन्न सकिँदैन । भाङको नशा व्यक्तिले खाएको खुराक र बानीमा भर पर्छ । कुनै व्यक्तिले कति खाएको छ रु पहिला कति खाने गरेको थियो रु अहिले कति खाएको छ रु पहिलो पटक हो कि अथवा पटक पटक खाइरहेको छ, त्यसमा भर पर्छ ।

कुनै व्यक्तिले भाङको नशा कसरी लिएको हुन्छ, त्यसरी पनि नशा लाग्ने अवस्था फरक पर्छ । जस्तो सिगरेटमा मिलाएर गरेको छ कि, मिठाईमा ।

कुनै पनि नशा उतार्नका लागि कुनै एन्टिडोट हुनुपर्छ । नशालु पदार्थको एन्टिडोट हुन्छ, त्यो एन्टिडोट नशालु पदार्थमा मात्र दिन सकिन्छ । तर भाङ र गाँजाको कुनै एन्टिडोट हालसम्म छैन । त्यसैले, जबसम्म शरीरको कुनै अङ्गबाट भाङको नशालाई फालिँदैन, तबसम्म शरीरमा रहिरहन्छ । भाङको नशा पिसाब र लिभरको माध्यमबाट बाहिर निस्किन्छ, त्यसपछि मात्र भाङको नशा उत्रिन्छ ।

(डा. शर्मासँग सरिता थारुले गरेको कुराकानीमा आधारित ।)






सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested