कुष्ठरोग : ‘पूर्वजन्मको पाप’ भन्दै अपमान नगरौं
६१ वर्षीय काजीमान तामाङका हातगोडाका औँला छैनन् । राम्ररी बोल्न, हिँड्न पनि उनलाई समस्या छ । आफ्ना दैनिक क्रियाकलाप गर्न गाह्रो छ । काजीमान तामाङ ६ वर्षको उमेरमै कुष्ठरोगको शिकार हुनुपर्याे ।
सानै उमेरमा रोग लागेका उनले निकै दुःखसमेत पाए । सानैमा रोग निको गराउन भन्दै उनका आफन्तले कुकुरको दिसासमेत घाउमा लगाइदिएका थिए । पछि, बूढानीलकण्ठमा रहेको शान्ति सेवा गृह आएका उनको शान्ति सेवागृहबाटै उपचार भयो । उनको आफैँ काम गरी कमाउने अवस्था छैन, साँझ बिहानको छाक टार्न अरूको भर पर्नुपरेको छ । सामाजिक संस्थाले दिने अन्नपानीले महिनाभरि पेटभरि खान पुग्दैन ।
‘मेरा बाले रोग लागेपछि मलाई छाडिदिए, तर अनपढ श्रीमानले सोधीखोजी गर्दै मलाई उपचार मात्र गराएनन् रोगीको सम्मानको अभियानमा जुट्ने मौका पनि पाएँ ।’
सानुमाया डंगोल सात छोराछोरीकी आमा हुन् । उनका हातका औंला झरेका छन् र खुट्टा काटिएको छ, कुष्ठरोगका कारण । तर, उनको अर्काे परिचय बनेको छ, एक योद्धाको । कुष्ठरोगसँग जोडिएको सामाजिक अपमानविरुद्धको युद्धमा समर्पित छिन् उनी । सानुमाया आफूलाई ‘भाग्यमानी’ सम्झिन्छिन् । ‘मेरा बाले रोग लागेपछि मलाई छाडिदिए, तर अनपढ श्रीमानले सोधीखोजी गर्दै मलाई उपचार मात्र गराएनन् रोगीको सम्मानको अभियानमा जुट्ने मौका पनि पाएँ ।’
काजीमान र सानुमाया त प्रतिनिधि पात्रमात्र हुन् । यस्ता धेरै कुष्ठरोगीहरू नेपालमा कुष्ठरोगविरुद्धको अभियानमा सक्रिय छन् । त्यसो त रोगको सही उपचार नपाएर दुःखकष्टपूर्ण जीवन बिताइरहेका कुष्ठरोगीको संख्या पनि कम छैन । औपचारिक गणनाभित्र नपरेका तिनीहरूको दुःखलाई कसले बुझ्ने ? परिवारबाट तिरस्कृत ती मानिसको उपचार र आत्मसम्मानमा को सक्रिय हुने ? भएका कुष्ठरोगीको सही पुनःस्थापना हुन सकेको छैन । राजधानीमै भएको लिपिकोटको कुष्ठरोग आवास भूकम्पका कारण असुरक्षित बनेको छ । जसले गर्दा त्यसतर्फ न त सरकार न अन्य निकायको नै आँखा परेको छ ।
स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार २०७० मा नेपालमा तीन हजार २ सय ५३ जना कुष्ठरोगका नयाँ बिरामी फेलापरेका छन् ।
नेपालमा कुष्ठरोग निवारणको घोषणा
विश्व स्वास्थ्य संगठनले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अझै कुष्ठरोग निवारण हुन सकेको छैन । स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार २०७० मा नेपालमा तीन हजार २ सय ५३ जना कुष्ठरोगका नयाँ बिरामी फेलापरेका छन् । महाशाखाका अनुसार नेपाललाई कुष्ठरोग निवारण घोषणा गरिएको भए पनि सो रोगका बिरामी अझै भेटिने गरेको छ । माइक्रोब्याक्टेरियमलेप्रे नामक सूक्ष्म कीटाणुका कारणले लाग्ने यो रोग विशेष गरेर आर्थिक अवस्था कमजोर भएका व्यक्तिमा बढी देखिने गरेको छ ।
सरकारले कुष्ठरोग नियन्त्रण गर्नका लागि सबै जिल्लामा कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । महाशाखाकाको तथ्यांकअनुसार झापा, सर्लाही, धनुषा, रौतहट, महोत्तरी, बर्दिया, पर्सा, बाँके, नवलपरासी, मोरङ, कैलाली, बारा, रूपन्देही र सिरहालगायतका जिल्ला बढी प्रभावित रहेका छन् ।
मुलुकबाट कुष्ठरोग निवारण भएको दाबी गरिएको ७ वर्ष बित्न लाग्दासमेत हाल मधेसका १७ र पहाडका २ जिल्लामा अझै निवारण नभएको देखिएको छ ।
मुलुकबाट कुष्ठरोग निवारण भएको दाबी गरिएको ७ वर्ष बित्न लाग्दासमेत हाल मधेसका १७ र पहाडका २ जिल्लामा अझै निवारण नभएको देखिएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, धनुषा, पर्सा, रौतहट, बारा, सर्लाही, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, रुकुममा हालसम्म कुष्ठरोग निवारण भएको छैन । देशका ८६ प्रतिशतभन्दा बढी कुष्ठरोगको संक्रमण मधेसका जिल्लामा देखिएको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ । चिकित्सकहरू भन्छन्, ‘समाजमा अझै यो रोगका कीटाणु सक्रिय छन् ।’
के हो कुष्ठरोग ?
शरीरको कुनै भागमा नदुख्ने फुस्रो दाग देखापर्नु, अनुहार र हातखुट्टाका औँला लाटो, कमजोर, खुम्चिँदै जानु र पछि गएर घाउ हुनुु र अंगभंगसम्म हुनसक्ने कुष्ठरोगको लक्षण हुने गरेको चिकित्सकको भनाइ छ ।
यस्तो लक्षण देखिनासाथ नजिकको स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा उपचार गराउँदा कुष्ठरोग निको हुने महाशाखाको सल्लाह छ । प्रत्येक दस हजारमध्ये एक जनाभन्दा कम बिरामी देखिएपछि कुष्ठ रोग निवारणको अवस्थामा रहेको मानिन्छ ।
मुलुकका सबै स्वास्थ्य संस्थामा निःशुल्क उपचार हुने कुष्ठरोग माइकोब्याक्टेरियमलेप्रे नामक सूक्ष्म कीटाणुबाट हुने एकप्रकारको कम सर्ने सरुवा रोग हो ।
मुलुकका सबै स्वास्थ्य संस्थामा निःशुल्क उपचार हुने कुष्ठरोग माइकोब्याक्टेरियमलेप्रे नामक सूक्ष्म कीटाणुबाट हुने एकप्रकारको कम सर्ने सरुवा रोग हो । मुख्य रूपमा छाला र नसाहरूमा असर गर्ने यो रोगमा हलुको फुस्रो रंगको दाग देखिने, अनुहारको छाला बाक्लो हुने र स्नायुमा असरले हातगोडा छुँदा थाहा नपाउनुका साथै मांशपेसी कमजोर हुन्छ ।
समीक्षाको खाँचो
कुष्ठरोग निवारणको घोषणा भएको ७ वर्ष बितिसकेकाले यस’दयगत बृहत् समीक्षा हुनु आवश्यक छ । मधेसको जिल्लामा कुष्ठ रोगको प्रभाव बढिरहेको सरकारी तथ्यांकमा उल्लेख छ । महाशाखाका अनुसार हाल मुलुकमा कुष्ठरोगका नयाँ बिरामी तीन हजार ५४ जना छन् ।
हालसम्म बहुऔषधिबाट पौने दुई लाखभन्दा बढी बिरामीले उपचार गराइसकेका छन् । यो रोगले हालसम्म करिब ३० हजार व्यक्ति अपांग भएको अनुमान छ । मुलुक अझै कुष्ठरोगको समस्याबाट मुक्त हुन नसकेकाले पनि अब समीक्षा गर्नलाई ढिलाइ गर्नुहुन्न । उपचारले शतप्रतिशत निको हुने कुष्ठरोग शुरुमै उपचार गरिए अपांगता हुने स्थिति नआउने चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०६६–०६७ मा निवारण भएको घोषणा गर्दा देशभरि ३ हजार १ सय ५७ जना नयाँ बिरामी भेटिएका थिए । त्यसयता, बर्सेनि तीन हजारका हाराहारीमा नयाँ कुष्ठप्रभावित बिरामी भेटिने गरेका छन् ।
पछिल्लो अवस्था
नेपालबाट कुष्ठरोग निवारण भयो भनेर घोषणा भएको ७ वर्ष पुगेको छ । तर, कुष्ठप्रभावितको संख्यामा भने कमी आएको छैन । नेपालमा निवारण घोषणा गरिएयताको ७ वर्षमा प्रतिवर्ष औषत तीन हजारका दरले नयाँ कुष्ठप्रभावित व्यक्ति भेटिने गरेको छ ।
स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०६६–०६७ मा निवारण भएको घोषणा गर्दा देशभरि ३ हजार १ सय ५७ जना नयाँ बिरामी भेटिएका थिए । त्यसयता, बर्सेनि तीन हजारका हाराहारीमा नयाँ कुष्ठप्रभावित बिरामी भेटिने गरेका छन् ।
महाशाखाका अनुसार आव ०६७–०६८ मा ३ हजार १ सय ४१ जना, आव ०६८–६९ मा ३ हजार ४ सय ८१ जना, आव ०६९–७० मा ३ हजार २ सय ५३ जना, आव ०७०–७१ मा ३ हजार २ सय २३ जना, चालु आव ०७१–७२ मा ३ हजार ५३ र चालु आर्थिक वर्ष २०७२–७३ मा ३ हजार ५४ नयाँ कुष्ठप्रभावित व्यक्ति भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयको कुष्ठरोग नियन्त्रण महाशाखाबाट प्राप्त तथ्यांकअनुसार नेपालमा करिब एक लाख ७० हजार व्यक्ति कुष्ठरोगबाट प्रभावित छन् । महाशाखाले पछिल्लोपटक कुष्ठरोगको प्रभाव बच्चा र महिलामा बढी भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको कुष्ठरोग नियन्त्रण महाशाखाबाट प्राप्त तथ्यांकअनुसार नेपालमा करिब एक लाख ७० हजार व्यक्ति कुष्ठरोगबाट प्रभावित छन् । महाशाखाले पछिल्लोपटक कुष्ठरोगको प्रभाव बच्चा र महिलामा बढी भएको जनाएको छ । देशमा कुष्ठरोग निवारण भए पनि अहिले पनि तराईका १६ जिल्लामा कुष्ठप्रभावित व्यक्तिको संख्या मापदण्डभन्दा बढी छ ।
उपचार निःशुल्क
बच्चा र महिलामा संक्रमण भेटिनुले कुष्ठरोग स्थानीयस्तरमै जरा गाडेर बसेको स्पष्ट भएको छ । समयमै कुष्ठरोगको पहिचान गरी उचित उपचार गरेको खण्डमा रोग निको हुन्छ । प्रति १० हजार जनसंख्यामा एक जनाभन्दा कम रोगी भेटिएमा त्यो देश रोग निवारणको अवस्थामा पुगेको मानिन्छ ।
समाजका विभिन्न जातजाति र वर्गहरूले आरक्षण र सकारात्मक विभेदबाट अनेक सुविधा पाए पनि सबैभन्दा बढी ‘तिरस्कृत’, व्यवहारमा ‘अछुत’ र ‘बहिष्कृत’ यो समूहको सम्मान र अधिकार’ दयगत कुनै राजनीतिक दल र सरकार संवेदनशील देखिएको छैन ।
नेपालमा हालसम्म १ लाख ७८ हजार भन्दा बढी बिरामीले बहुऔषधिबाट उपचार पूरा गरेका छन् भने ३० हजार बढी अपांग बनेका छन् । सरकारले कुष्ठ प्रभावित व्यक्तिलाई सम्पूर्ण उपचार निःशुल्क र उपचारपछि एक हजार रुपैयाँ यातायात खर्च दिने गरेको छ ।
समाजका विभिन्न जातजाति र वर्गहरूले आरक्षण र सकारात्मक विभेदबाट अनेक सुविधा पाए पनि सबैभन्दा बढी ‘तिरस्कृत’, व्यवहारमा ‘अछुत’ र ‘बहिष्कृत’ यो समूहको सम्मान र अधिकार’ दयगत कुनै राजनीतिक दल र सरकार संवेदनशील देखिएको छैन ।
जनचेतना र यो रोग समयमै पहिचान भएमा निको हुन सक्छ भन्ने ज्ञान प्रसार नहुँदा रोगीहरू अपमानित र बहिष्कृत भएका छन् ।
सरकारले धेरै अघि रोग निवारण भएको घोषणा गरे पनि अति प्रभावित जिल्लाको अवस्था अझै सन्तोषजनक छैन । कतिपय प्रभावित जिल्लामा खोजपड्ताल, परीक्षण र औषधोपचारको सही व्यवस्थापन हुन सकेको छैन ।
रोग निवारणको अवस्थामा भनिएपछि अर्थ मन्त्रालय र योजना आयोगले बजेट नदिँदा स्वास्थ्य सेवा विभागको कुष्ठ रोग नियन्त्रण महाशाखाले पहिलेदेखि सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमलाई निरन्तरता दिन सकेको छैन ।
पछिल्ला वर्षहरूमा सरकारले कुुष्ठरोग न्यूनीकरणमा खासै चासो नदिँदा यसमा अपेक्षाकृत उपलब्धि हासिल गर्न सकिएको छैन । रोग निवारणको अवस्थामा भनिएपछि अर्थ मन्त्रालय र योजना आयोगले बजेट नदिँदा स्वास्थ्य सेवा विभागको कुष्ठ रोग नियन्त्रण महाशाखाले पहिलेदेखि सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमलाई निरन्तरता दिन सकेको छैन ।
महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुुसार सन् २०१० पछि कुुष्ठरोगमा सरकारी लगानी ह्वात्तै घटेको छ । यतिसम्म कि टेकुमा रहेको कुुष्ठरोग नियन्त्रण महाशाखामा कर्मचारीसमेत कटौती गरिएको छ । सामान्य प्रशासन चलाउनसमेत गैरसरकारी संस्थासँग हारगुहार गरेर कर्मचारी राखिएको छ ।
महाशाखाले चलाउने विभिन्न कार्यक्रम कर्मचारी एवं स्रोतका अभावमा सुस्त बनेको छ । यद्यपि, विभिन्न सरकारी र गैरसरकारी संस्थाको क्रियाशीलताका कारण कुष्ठ निवारणका लागि बल पुगेको छ ।
महाशाखाले चलाउने विभिन्न कार्यक्रम कर्मचारी एवं स्रोतका अभावमा सुस्त बनेको छ । यद्यपि, विभिन्न सरकारी र गैरसरकारी संस्थाको क्रियाशीलताका कारण कुष्ठ निवारणका लागि बल पुगेको छ ।
यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?