संक्रमितभन्दा निको हुनेको संख्या बढी
नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ९ सय २४ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ५ सय ६२ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । जमसमा काठमाडौंमा १ हजार ४ सय ४, भक्तपुरमा १ सय ११ र ललितपुरमा ३ सय ५ संक्रमित थपिएका हुन् । यसैगरी, पछिल्लो २४ घन्टामा थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७ सय ३ पुगेको छ ।
नेपालमा हाल ८७ हजार ३ सय २९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा ८५ हजार ६ सय ३६ जना संक्रमित होम आइसोलेसन र १ हजार ६ सय ९३ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, २ सय ८६ संक्रमितको आईसीयु र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?