English

संक्रमणमुक्त हुनेको संख्या बढ्दै



नेपालमा थप ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १९ हजार ८ सय ६९ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । जमसमा काठमाडौंमा २ हजार १ सय ५३, भक्तपुरमा २ सय ६८ र ललितपुरमा ५ सय ११ संक्रमित थपिएका हुन् । यसैगरी, पछिल्लो २४ घन्टामा थप १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ९७ पुगेको छ ।

नेपालमा हाल ८९ हजार ९ सय ४१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा ८८ हजार ८४ जना संक्रमित होम आइसोलेसन र १ हजार ८ सय ५७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, २ सय ५६ संक्रमितको आईसीयु र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested