दुई वर्षदेखि मुगुको खाद्य संस्थान रित्तै, उपभोक्ता मर्कामा
मुगुको उत्तरी भेगमा पर्ने खत्याड गाउँपालिकाको रातापानीमा रहेको खाद्य बिक्री केन्द्र दुई वर्षदेखि रित्तै अवस्थामा छ । नेपाल खाद्य संस्थान रातापानी बिक्री केन्द्रको ढुवानीको जिम्मा सिद्धार्थ ढुवानी सेवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि हालसम्म खाद्यान्न नपुर्याउँदा रित्तो अवस्थामा रहेको हो ।
कम्पनीले समयमै खाद्यान्न नपर्याउँदा उपभोक्ताले सास्ती खेप्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार ठेक्का पाएको सिद्धार्थ कन्स्ट्रक्सनलाई पटक-पटक चिठी काट्दासमेत अटेर गरेको शाखाका प्रमुख पुष्कर भामले बताए । उनले भने विगत वर्षमा यस्तो अवस्था आएको थिएन ।
ठेकेदारले स्थानीय तहसँग समन्वय गरेर चामल पुर्याउनुपर्नेमा अहिलेसम्म अटेर गरेको देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले बताए ।
अहिले दुई वर्षसम्म खाद्यान्न नपुर्याउने ठेकेदारलाई विभागले कुनै कारबाही गर्न सकेको छैन । गत वर्षको असोजमा सम्झौता भई आर्थिक वर्ष २०७७/७८ मसान्तसम्म सम्झौताबमोजिम ठेकेदारले ७ सय ५० क्विन्टल चामल बिक्री केन्द्रमा पुर्याउनुपर्ने हो । तर, दुई वर्षसम्म नपुर्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
गाउँपालिकासँग समन्वय गरी चामल पुर्याउनुपर्नेमा अहिलेसम्म रोकिएको छ । ठेकेदारले स्थानीय तहसँग समन्वय गरेर चामल पुर्याउनुपर्नेमा अहिलेसम्म अटेर गरेको देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले बताए ।

सिद्धार्थ कम्पनीका प्रोप्राइटर रमेश अनुसार समन्वय अभावका कारण चामल पुर्याउन नसकिएको बताउँछन् । कम्पनीले हाल कर्णालीका जुम्ला, कालीकोट र मुगुमा खाद्यान्न पुर्याउने जिम्मा लिँदै आएको छ ।
सिद्धार्थ कम्पनीका प्रोप्राइटर रमेश अनुसार समन्वय अभावका कारण चामल पुर्याउन नसकिएको बताउँछन् । कम्पनीले हाल कर्णालीका जुम्ला, कालीकोट र मुगुमा खाद्यान्न पुर्याउने जिम्मा लिँदै आएको छ ।
खत्याड गाउँपालिकामा रहेको रातापानी बिक्री केन्द्रमा दुई वर्षसम्म नपुग्नुको कारण त्यहाँको स्थानीय सरकार खत्याडले अनुमति नदिनु नै हो । चामल पुर्याइहाले पनि मुचुल्का नगरिदिँदा समस्या हुने गरेको र कच्ची सडकका कारण पुर्याउन नसकिएको बताइएको छ ।
डिपोमा कर्मचारी राख्न माग
डिपो केन्द्रमा कर्मचारी पर्याप्त नहुँदा समस्या भएको दाबी गरे । कर्मचारी नहुँदा एक्लै आफूले ढुवानी गर्न, बिक्री वितरण गर्न सास्ती हुन्छ । चामल पुर्याएपछि त्यहाँका स्थानीयले समन्वय गर्दैनन् । त्यसैले समस्या देखिएको हो उनको भनाइ छ ।
मुगुका स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा खेतीयोग्य जमिन बढी छ । अन्य स्थानीय तहमा सरदर ६ महिनासम्म खान पुग्छ भने खत्याडमा स्थानीय उत्पादनले आठ महिनासम्म थेग्छ ।
ठेकेदारले खाद्यको चामल नपुर्याएपछि अहिले उक्त बिक्री केन्द्र वरपरका स्थानीयले बजारको महँगो चामल किनेर उपभोग गर्न बाध्य छन् । सोरु गाउँपालिकामा रहेको सोरुकोट डिपो केन्द्रमा १८० क्विन्टल, कालै डिपो केन्द्रमा रित्तै भएका छन् ।
मुगुका स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा खेतीयोग्य जमिन बढी छ । अन्य स्थानीय तहमा सरदर ६ महिनासम्म खान पुग्छ भने खत्याडमा स्थानीय उत्पादनले आठ महिनासम्म थेग्छ ।
सरकारी स्वामित्वको खाद्य संस्थानको चामल अनुदानको कोटामा दिइए पनि खत्याडबासीले यो सुविधा उपभोग गर्न पाएका छैनन् । बिक्री केन्द्रमा चामल सकिएपछि शाखा कार्यालयमा प्रत्येक दिन ५० देखि ८० सम्म सेवाग्राही आउन थालेको र बजारको महँगो चामल उपभोग गर्न बाध्य भएका छन् ।
हिमाली जिल्ला मुगुका खाद्यन्न गोदाम रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् ।
हिमाली जिल्ला मुगुका खाद्यन्न गोदाम रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् ।
खाद्य शाखामा दुई सय क्विन्टल मात्र चामल मौज्दात
गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल दुई सय क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ ।
मौज्दात चामल कम भएकाले खाद्यान्न अभाव हुने अवस्था कार्यालयका शाखा प्रमुख पुस्कर भामले बताए ।
सदरमुकाम गमगढीबाट जिरा मसिनो र बास्मती गरी हाल दुई प्रकारका चामल मात्रै बिक्री भइरहेका छन् । कार्यालयका अनुसार दुई सय किलो दाल मात्रै गोदाममा मौज्दात छ । दुई सय क्विन्टल चामल बिक्री भइरहेको छ यो चामल पनि केही दिनमै सकिने प्रमुख भामको चिन्ता छ ।
जिल्लामा रहेका अन्य डिपो र बिक्री केन्द्र ६ महिनाभन्दा अघिदेखि रित्तिसकेका छन् । जिल्लामा खाद्यान्न अभाव हुने सिर्जना भएकाले शाखा कार्यालय मुगुबाट प्रादेशिक कार्यालय सुर्खेत नेपालगञ्ज, राजापुर, प्रधान कार्यालय काठमाडाैं, खड्का निर्माण सेवा र बराल ढुवानी सेवालाई सदरमुकाम गमगढी बजार र यस कार्यालय मातहत रहेका डिपो र बिक्री केन्द्रहरूमा यथाशिघ्र चामल ढुवानी गर्न पटक-पटक पत्र काट्दासमेत कुनै सुनुवाई नगरेको शाखा प्रमुख भामको भनाइ छ ।
मुगुका लागि यो वर्ष वार्षिक ११ हजार क्विन्टल चामल स्वीकृत भएको छ त्यसमा २ हजार क्विन्टल बिक्री भई अहिले गोदाममा २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको उनले बताए ।
मुगुका लागि यो वर्ष वार्षिक ११ हजार क्विन्टल चामल स्वीकृत भएको छ त्यसमा २ हजार क्विन्टल बिक्री भई अहिले गोदाममा २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको उनले बताए ।
हाल सोरुकोट डिपो केन्द्रमा १ सय ८० क्विन्टल चामल रहेको र त्यो चामल पनि केही दिनसम्म मात्र हुने र अन्य श्रीकोट, पुलु, डिपो केन्द्र र बिक्री केन्द्रहरू रित्तै भएको भामको भनाइ छ ।
यो पनि…
शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त
सिटामोल सहज उपलब्ध गराउन सर्वोच्चको आदेश