यस कारण घटे राहुल गान्धीका ट्विटर फलोअर्स ?
भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोअर्स घटेको भन्दै ट्विटर इन्कका सीईओसमक्ष गुनासो गरेका छन् ।
आफू फलोअर्स प्राप्त गर्ने आफ्नो क्षमतालाई सीमित गर्ने एउटा प्रयासको निशानामा परेको राहुलले गुनासो गरेका छन् । फलोअर्स वृद्धिमा नाटकीय गिरावट आएको भन्दै त्यसतर्फ उनले ट्विटरको ध्यानाकर्षण गरेका हुन् ।
ट्विटरका सीईओ पर्ग अग्रवाललाई पठाएको एउटा पत्रमा गान्धीले आफ्ना फलोअर्स सन् २०२१ देखि नाटकीय ढंगले घटेको अवगत गराएका छन् । सन् २०२१ को मेमा आफ्ना झन्डै ६ लाख ५० हजार नयाँ फलोअर्स बनेको र औषतमा दैनिक आठ हजारदेखि १० हजार नयाँ फलोअर्स हुने गरेकोे उदाहरणसमेत उनले पेस गरेका छन् ।
सन् २०२१ को शुरुदेखि भने उनका नयाँ फलोअर्स झन्डै शून्यमा झरेका छन् । यसको कारण तीन महिना ट्विटरमा उनले छनोट गर्ने छलफलको विषय हुन सक्ने सामाजिक सञ्जालका विज्ञहरूले बताएको पनि गान्धीले पत्रमा लेखेका छन् ।
यो पनि
युक्रेनमा रसियाले हमला गरे रुसी ग्यास पाइप लाइन अवरुद्ध हुन्छ- अमेरिका
अमेरिकाले अस्वीकार गर्यो रसियाको माग