English

यौन आनन्दका लागि मदिरा सेवन कति उपयुक्त ?



केही वर्षअघि, महिलाहरूको यौन आचरणबारे एक सर्वेक्षण गरिएको थियो । जुन सर्वेक्षणमा महिलाहरू मादकपदार्थ सेवन गरेको अवस्थामा यौन सम्पर्क गर्न रुचाउँछन् कि पूर्ण चेतनाका साथ मज्जा लिन रुचाउँछन् भन्नेबारे जान्ने प्रयास गरिएको थियो । जसको नतिजा चकित पार्ने थियो । सहभागी अधिकांश महिलाले नशाको अवस्थामा राम्रोसँग यौनसम्पर्कको आनन्द लिन सकिने बताएका थिए ।

नशा के हो ?

मादक पदार्थ सेवनको कुनै मापन छैन । कसैलाई एक गिलासले मातेको महशुस हुन्छ भने कसैलाई थप चाहिन्छ । उक्त सर्वेक्षणमा महिलाहरूले नशाको बेला यौन क्रियाकलापमा सहजता हुने बताएका थिए । मदिराले मस्तिष्कको सक्रियता कम हुने हुँदा लाज वा हिचकिचाहट हुँदैन । तर, नशाको बेला भएको यौनसम्बन्धमा चेतनाले सेक्सको प्रभावलाई पूर्णरूपमा महशुस गर्न सक्दैन ।

सकारात्मक पक्ष

अविवाहित महिलामा यौनसम्पर्कलाई लिएर एक किसिमको हिचकिचाहट हुन्छ । मदिराका कारण वन नाइट स्टान्ड जस्ता निर्णय लिन्छन् । त्यसैले, सेक्स गर्न चाहने महिलाहरूले बिहेअघिको सेक्सलाई गलत ठान्नुहुँदैन ।

मदिराले उनिहरुको निर्णय लिन मदत गर्छ । जब रक्सी र सेक्स एकसाथ हुन्छ तब सेक्सको अनुभव बेजोड हुन्छ ।

सेक्स र ककटेल खतरा

कतिपय महिलाहरू सेक्सअघि रक्सी पिउने गर्छन् तर, रक्सी पिएर सेक्स गर्दा यौन क्रियाकलापलाई असर गर्छ नै, यस्ता क्रियापलापले उनीहरूलाई नै यौनमा दोषी महशुस गराउँछ । मादक पदार्थ सेवनले असुरक्षित यौनसम्पर्कको सम्भावना बढ्छ ।

यति मात्र होइन, वैज्ञानिक तथ्यअनुसार रक्सीले शरीरमा डिहाइड्रेसन बढ्छ । जसका कारण आनन्दसमेत प्राप्त हुँदैन । रक्सी पिउने महिला उत्तेजित मुडमा आउन धेरै समय लाग्छ । जसले गर्दा सम्बन्ध बिग्रिन सक्छ ।

यो पनि…
कोभिड भ्याक्सिनपछि शारीरिक सम्पर्क कति सुरक्षित ?
विवाहअघि सोध्नुहोस् यी कुरा



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

Latest










Popular
Suggested