कस्तो किसिमको फाइदा दिन्छ सयपत्री फुलले
– पिसाब सम्बन्धी कुनै किसिमको समस्या भएमा सयपत्री फुलको पातको रसमा मिश्री मिलाएर तताएर खानाले राम्रो हुन्छ । यसले तुरतुरे वा बारम्बार पिसाब लाग्ने समस्या भएकालाई पनि ठिक गर्छ ।
– सयपत्री फुलको पात र फूलको रस पकाएर महका साथ खानाले खोकी, चिसो, श्वासको समस्यालाई ठीक गर्छ । यो क्रियाले बालबालिकालाई विशेष उपयोगी समेत हुन्छ ।
– सयपत्री फुलको पातको रस निकालेर केही बेर तताएर कुल्ला गर्नाले दाँतको दुखाइमा आराम मिल्छ ।
– सयपत्रीको पातको रस २–२ थोपा कानमा राख्नाले कानको दुखाई ठिक हुन्छ ।
– सयपत्रीको बीउको चूर्ण बनाएर बराबर मात्रामा मिश्री मिसाएर दिनको ३ पटक १–१ चच्चा खानाले दम तथा श्वास प्रश्वासको समस्या हुनेहरुका लागि फाइदा गर्छ ।
– सयपत्रीको पात पिसेर कोटेको घाउ वा अरु कुनै घाउमा लगानाले ठीक हुन्छ ।
– सयपत्रीको पात तथा फूल पिसेर सुन्निएको ठाउँमा लेप लगाउनाले ठिक हुन्छ ।
– पत्थरीयाको समस्या हुनेले सयपत्रीको पातको काँडा बनाएर दिनमा २–३ पटक खानाले राम्रो हुन्छ ।
– पायल्स (हर्सा, बबासिर) को समस्या हुनेहरुले सयपत्री फूलको रस ५–१० ग्राम दिनमा २–३ पटक खानाले दिशामा रगत आउन बन्द हुन्छ ।
– सयपत्रीको पात्र १० ग्राम, मरिच ३ ग्राम एकसाथ पिसेर खानाले पायल्सको समस्यामा उपयोगी हुन्छ ।