English

रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु



क्यामरुनको राजधानी सहर याओन्डेलको रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै दर्जन बढी घाइते भएका छन्। सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनका सञ्चारमाध्यमले जनाएका छन्।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा भागदौड हुँदा दुःखद् घटना भएको क्यामरुनको सञ्चारमाध्यमको भनाइ छ। अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ। घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ।

यसैबीच क्यामरुन र गाम्बिया अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सीमित कोमोरोसलाई २-१ ले पराजित गर्‍यो।

खेलअघिको भागदौडमा ठूलो हताहती हुँदा पनि खेललाई जारी राख्न सफल क्यामरुनले क्वाटरफाइनलको यात्रा तय गर्दै पीडामा मल्हम लगाउने प्रयास गरेको छ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम

Latest










Popular
Suggested