English

विवाहअघि सोध्नुहोस् यी कुरा



माघ महिना सुरु भइसकेको छ। यो बिहेको मौसम हो। उमेर पुगेका युवायुवतीले विवाह गर्छन्। तपाईं पनि विवाह गर्ने सोच बनाइरहनु भएको छ? छ भने विवाह गर्न लागेको पार्टनरसँग खुलेर कुरा गर्नुहोस्। आफ्ना कुरा राख्ने र उनका कुरा सुन्ने गर्नुहोस्। बुझ्नुहोस्।

खुलस्त भएर विवाह गर्दा आगामी दिनमा तपाईंको वैवाहिक अवस्था सुखद् बन्न जान्छ। सबै आफ्नो विवाहलाई यादगार बनाउन खानादेखि विवाहको स्थानसम्मको पूरा योजना बनाउँछन्। यीबाहेक आर्थिक अवस्था, फ्यामिलि प्लानिङ र बानिव्यहोराबारे जान्नु आवश्यक छ।

आर्थिक अवस्था

विवाहभन्दा पहिला कयौं पार्टनरसँग यो सवाल सोध्न चाहन्छन् तर चाहेरपनि यो सोध्न सक्दैनन्। किनकी धेरैलाई पैसा सम्बन्धी धेरै कुरा सोध्न र बुझ्न डर लाग्छ। तर,विवाहभन्दा पहिला आफ्नो पार्टनरको आर्थिक अवस्थाबारे जानकारी लिन आवश्यक छ।

फ्यामिलि प्लानिङ

विवाहभन्दा पहिला पार्टनरसँग फ्यामिलि प्लानिङका बारेमा जरुर कुरा गर्नुहोस्। जब दुई मध्ये एक व्यक्तिलाई बच्चा चाँढो चाहिएको छ भने भने यस विषयमा विवाहभन्दा पहिला कुरा गर्नु आवश्यक हुन्छ। तपाईंलाई कहिले बच्चाको बारेमा सोच्न जरुरी हुन्छ भन्ने विषयमा प्रस्ट हुनु जरुरी हुन्छ।

बानिव्यहोरा

विवाहभन्दा पहिला आफ्नो पार्टनरको बानिव्यहोराबारे जानकारी लिन जरुरी हुन्छ। प्रेम सम्बन्ध भएकाहरूले बानीव्यहोराबारे जानकार भएको भएपनि मागी विवाह गर्नेले आफ्नो पार्टरको बानीव्यहोरा थाहा नपाएको हुनसक्छ। त्यसलैले उसलाई के मन पर्छ के मन पर्दैन भन्ने कुरा थाहा पाएको खण्डमा सहज हुन जान्छ।



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

Latest










Popular
Suggested